एमाले सिद्धलेक–२ को अध्यक्षमा दिपक गुरुङ निर्वाचित 

नेकपा एमाले सिद्धलेक गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा दिपक गुरुङ निर्वाचित हुनुभएको छ। सोमबार सम्पन्न भएको प्रथम वडा अधिवेशनले गुरुङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।

कार्यसमिति उपाध्यक्षमा बिष्णु प्रसाद सिलवाल, सचिवमा दिनेश अर्याल, उपसचिव चिज कुमार श्रेष्ठ र शुसिला बराम सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । यो सँगै एमालेले सिद्धलेकको सात वटै वडामा अधिवेशन सम्पन्न गरेको छ।

वडा अधिवेशनबाट को–को अध्यक्षमा चुनिए ?
१. सरोज तिमिल्सिना
२.दिपक गुरुङ
३ .होमनारायण श्रेष्ठ
४ . खड्गबहादुर श्रेष्ठ 
५ .गोपाल गुरुङ
६ .बिरवहादुर मगर
७ .गुणराज खतिवडा

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्