कात्तिक २७,२८ र २९ गते गंगाजमुना माईको मेला लाग्ने,२८ गते ईन्द्रेणी टिमको प्रस्तुती

धादिङको पर्यटकिय तथा धार्मिक गन्तव्य गंगाजमुना माईको मेला यहि कात्तिक २७,२८ र २९ गते लाग्ने भएको छ।गत बर्ष कोरोनाको कारण रोकिएको मेला यसबर्ष भव्यताको साथ मनाउन लागिएको मेला आयोजक समितिका संह संयोजक तथा वाड नम्बर ६ का वडा अध्यक्ष भक्त बहादुर लामिछानेले जानकारी दिनुभयो। मेला सम्पन्न गर्नको लागि विभिन्न उप समितिहरु बनाएर काम भईरहेको लामिछानेलेमैनबत्ति डटकमलाई जानकारी दिनुभयो।मेला स्थलसम्म पुग्ने मोटरबाटो निर्माण,व्यावस्थित पार्किङ स्थल बनाउने काम भईरहेको उहाँले बताउनुभएको छ।

२७ गते देखीनै भक्तजनहरु आउने र २८ गते दिउँसो २ बजेबाट ईन्द्रेणी टिमले प्रस्तुत राख्ने कार्यक्रम तय भएको लामिछानेले बताउनुभएको छ। यसबर्ष राजनीति भाषण नहुने र सबै आगन्तुहरुलाई अतिथीको रुपमा राखिने पनि बताउनुभयो।२८ गते रातभरी नै विभिन्न सांस्कृतिक कार्यक्रम हुने,झाँक्रि नाँच प्रर्दशनी लगायत स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती राखिने कार्यक्रम तय भएको छ।हिन्दु धर्म अनुसार हरिबोधनी एकादशीको अघिल्लो दिन (र्कात्तिक शुक्ल दशमी) बेलुकादेखि मेला सुरु भई रातभर जागाराम बसि हरिबोधनी एकादशीको दिन बिहान झरनामा नुहाएपछि मेला सकिन्छ।

हरिबोधनी एकादशीको अघिल्लो रात भक्तजनहरु जाग्राम बस्ने र भोलिपल्ट बिहानै नजिकैको महादेवको मन्दिरमा नजिकै बत्ती बाल्ने, फूलको डोली, गाईको दुध चढाउने र परेवा उडाउने गर्दछन् । मन्दिरमा बली नचढ्ने भएका कारण भाकल बुझाउन मन्दिर पुगेका भक्तजनहरुले जिउँदो परेवा उडाउने गर्दछन् ।गंगाजमुना माइको मेलामा धादिङ, गोरखा, रसुवा, नुवाकोट, काठमाण्डौ, ललितपुर, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, आदी स्थानबाट सहभागिहरु मेला भर्न आउने गरेका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्