कोरोना संक्रमण घट्दै,विश्वमा नेपाल ४५औं स्थानमा

सन् २०१९ को डिसेम्बर महिनाको अत्यतिर चीनको वुहानबाट सुरु भएको कोभिड–१९(कोरोना संक्रमण) अहिले विश्वका २२३ देशमा फैलिसकेको छ। वल्डओमिटरले जनाए अनुसार अहिलेसम्म विश्वमा कोरोनाभाइरस संक्रमणबाट २४ करोड ७८ लाख ६७ हजार १५० जना संक्रमित ,५० लाख २० हजार ६९५ जनाको मृत्यु भैसकेको छ । भाइरस संक्रमण भएर २२ करोड ४५ लाख ५९ हजार ९४८ जना निको भैसकेका छन् ।

विश्वभरमा अहिले कोरोना भाइरसका अल्फा,डेल्टा,बिटा,गामा र कप्पा भेरियन्ट देखिइसकेका छन्। अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । अमेरिकामा अहिलेसम्म चार करोड ६८ लाख २३ हजार ९३८ जना संक्रमित भएका छन् । मृत्यु संख्या पनि अमेरिकामै सबैभन्दा बढी छ । अहिलेसम्म अमेरिकामा सात लाख ६६ हजार २९९ जनाको कोभिडकै कारण मृत्यु भइसकेको वल्डओमिटरले जनाएको छ । अमेरिकापछि धेरै संक्रमित भएका देशहरुमा भारत, ब्राजिल, बेलायत, रुस टर्की फ्रान्स मुख्य छन् ।

संक्रमण फैलिएका विश्वका २२३ देशमध्ये नेपाल धेरै संक्रमित हुने देशहरुमध्ये ४५ औँ स्थानमा रहेको छ । अहिलेसम्म नेपालमा आठ लाख १२ हजार ५७० जना कोरोना भाइरसका संक्रमित भैसकेका छन् भने ११ हजार ४०७ जनाको संक्रमणकै कारण मृत्यु भैसकेको छ ।
पछिल्ल्ला दिनमा नेपालमा संक्रमण दर घटेपनि मृत्यु दरमा भने कमी आएको छैन । सोमवार मात्रै ४४१ जना कोरोना संक्रमित भेटिँदा नौ जनाको मृत्यु भएको छ ।

यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप वास्तोलाले पछिल्लो समयमा आठ–दश जनाको हाराहारीमा मानिसको मृत्यु भैरहनु पुराना आईसोलेसनमा रहेका मानिस भएको बताउनुभयो । “दुई महिना अघि आईसोलेसनमा रहेका मानिसको अहिले मृत्यु भएको देखिएको छ,यसकारण पछिल्लो समयमा भएका मानिस अधिकांश डिस्चार्ज भैरहेका छन,” उहाँले भन्नुभयो ।

कोभिड बिरुद्धको खोपले तिब्रता पाइरहेको र दोस्रो लहरमा संक्रमित भएका अधिकांश मानिसमा प्राकृतिक एन्टिबढी विकास भएकाले अहिले संक्रमित भएकाको अवस्था गम्भीर नरहेको बताउनुभएको छ । अहिले वास्तवमै संक्रमण घट्दै जान थालेको उहाँको भनाइ छ।–गोरखापत्रअनलाईन

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्