दश हजार २८७ को परिक्षणमा ४६९ संक्रमित थपिए,११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर दश हजार २८७ को परिक्षणमा ४६९ संक्रमित थपिदा ५५५ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ७ हजार ११५ जनाको पीसीआर गर्दा ४२२ जना र ३ हजार १७२ जनाको एन्टिजेन परिक्षणमा ४७ गरी ४६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोमबार मात्रै ४९० संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ५ हजार ९८ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९२ हजार ८३२ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार १७४ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ११ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४२७ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्