जिल्लास्तरीय टि–२० क्रिकेट प्रतियोगितामा आज त्रिपुरासुन्दरी,चक्रदेवि र साङकोस विजयी 

धादिङको बेनीघाट रोराङको विशालटारमा जारी जिल्ला स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा आज ३ खेल सम्पन्न भएका छन्।जसमा त्रिपुरासुन्दरी क्रिकेट टिम, चक्रदेवि सामुदायिक समाज र साङकोस क्रिकेट क्लव विजयी भएका छन्।आज विहान सम्पन्न पहिलो खेलमा त्रिपुरासुन्दरीले सम्बाहक युवा क्लबलाई ९ विकेटले पराजित गरेको छ ।टस जितेर ब्याटिङका लागि आएको सम्बाहकले १८.३ ओभरमा १० विकेट गुमाउँदै ९९ रन जोड्यो। 

जवाफी ब्याटिङ गर्न आएको  त्रिपुरासुन्दरीले १२.३ ओभरमा लक्ष्य पूरा गर्याे। लगातार ३ जित निकालेको त्रिपुरासुन्दरी सेमीफाइनल प्रवेश गर्याे। यस अघि चरौदी र गजुरी सेमिफाईनल पुगिसकेका छन्।दोस्रो खेलमा चक्रदेवी सामुदायिक समाजले भद्राकाली सामुदायिक बिकास समाज माथी रोमञ्जक २ रनको जित निकालेको छ । टस जितेर ब्याटिङका लागि आएको  चक्रदेवीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ९३ रन जोड्यो। 

९४ रनको सामान्य लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको भद्राकालीले २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ९१ रन जोड्यो। आजै सम्पन्न तेस्रो खेलमा साङकोस क्रिकेट टिमले गलौदि युवा समाज माथी ८ विकेटको जित निकालेको छ। टस जितेर ब्याटिङका लागि आएको साङ्कोसले १५.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५९ रन जोड्यो। ६० रनको सामान्य लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको गलौदिले १०.१ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

प्रतियोगिता अन्तरगत भोली बिहान समूह चरणको अन्तिम १ खेल तथा दिउँसो सेमिफाईनलका २ खेलहरु हुनेछन।भोलीको पहिलो खेल संवाहक युवा क्लब र हाईवे स्पोर्टस क्लब बिहान ७ बजे हुने छ भने दोस्रो खेलमा गजुरी सामुदायिक बिकास समाज र चरौदी समाज सुधार युवा क्लब पहिलो सेमिफाईनल बिहान ११ बजे भिड्नेछन्।

यस्तै त्रिपुरासुन्दरी क्रिकेट टिमसँग दोस्रो सेमिफाईनल खेलमा संभाहक र हाईवे बिचको बिजेता दिउसो २ बजे भिड्ने आयोजकले जानकारी दिएको छ।जिल्ला क्रिकेट संघ धादिङको आयोजनामा कात्तिक ११ गतेबाट शुरु भएको प्रतियोगिताको फाईनल तथा समापन कात्तिक १८ गते हुने छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्