धादिङका थप दुई कोरोना संक्रमित डिस्चार्ज,१३ जना सक्रिय संक्रमित 

धादिङका थप दुई कोरोना संक्रमित निको भएका छन्।हाल जिल्लामा सक्रिय संक्रमित १३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।आज ५ एण्टीजेन परिक्षण मध्ये सबै नेगेटिभ आएको छ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ५५ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार ९९६ रहेको छ।यसैगरी संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।हाल संक्रमित मध्ये १३ जना नै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्