तिहारलाई बत्तीहरुको पर्वको रुपमा लिने गरिन्छ।विभिन्न विद्युतीय बत्ती लगायत दियोहरु बाल्दा अकालमा ज्याननै जान सक्छ।सावधानीपुर्व ध्यान दिन नसक्दा तिहारमै थुप्रै अप्रिय घट्ना घट्ने गरेको छ । सामान्य सावधानी नअपनाउँदा आगलागीको जोखिम हुने भएकाले झिलिमिली बत्ती तथा दियो बाल्दा ध्यान दिनुपर्छ ।सहरी क्षेत्रमा आगलागी हुनुमा ७० देखि ८० प्रतिशत विद्युत् सटका कारण हुने गरेको छ ।
झिलिमिली पर्व तिहारमा आगलागीका घटना हुने खतरा धेरै हुन्छ ।यस्तै, तिहारमा दियो बालेर लक्ष्मी पूजा गर्ने र घर वरिपरि नै दियो बत्ती बाल्ने गरिएकाले विशेष सावधानी अपनाउनु पर्छ । तिहारमा झिलिमिली पार्न सबैका घरमा विद्युतीय बत्ती बालिन्छ । घरमा भएका सबै विद्युतीय सामग्री (फ्रिज, माइक्रोओभन, टेलिभिजन, राइसकुकर) पनि एकैपटक प्रयोग गर्ने गरिन्छ ।
यसरी सबै विद्युतीय सामग्री प्रयोगमा ल्याउँदा ओभरलोड भइ विद्युत् सर्ट हुने सम्भावना हुन्छ । दीपावली गरेपछि घरको एक व्यक्तिले दियो व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ भने घरमा आवश्यकभन्दा बढी विद्युतीय सामग्री एकैपटक बाल्नसमेत हुँदैन ।
आगो लागिहाले के गर्ने ?
बिजुलीबाट भएको आगलागीमा पानीबाट निभाउनु झन् खतरा हुन्छ । बालुवा वा माटोको सहायताबाट आगो निभाउन सकिने उहाँले बताउनुभयो। यसैगरी दीपावली गरेपछि घरको एक व्यक्तिले दियो व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ भने घरमा आवश्यकभन्दा बढी विद्युतीय सामग्री एकैपटक बाल्नसमेत हुँदैन ।
सकेसम्म एकसाथ सबै विद्युतीय सामग्रीको प्रयोग गर्नु हुँदैन । तिहारमा विभिन्न परिकार बनाउने गरिन्छ, त्यसैले तेलको कराहीमा आगो बलेमा पानी हाल्नु हुँदैन । पानी राख्दा आगो झन् बल्छ । कुनै सामग्रीले कराहीलाई ढाक्नुपर्छ । यसो गर्दा अक्सिजन कम हुन गइ आगो निभ्छ । तेल पोखिएर वा उछिट्टिएर शरीरमा आगो लागेमा डराएर दौडनु हुँदैन ।
दौडिदा अक्सिजन धेरै प्राप्त हुनाले आगो झन् बल्ने सम्भावना हुन्छ । त्यसैले यथास्थानमा नै उभिनुपर्छ । सकेसम्म बाक्लो कपडा वा बोराले शरीर छोपिदिनुपर्छ । भुइँमा पल्टनु उचित हुन्छ । यसो गर्दा अक्सिजन कम हुन गइ आगो निभाउन सकिन्छ ।