कोल्पुबाट ककरेतर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटना: दुईको मृत्यु,सात घाइते 

धादिङको धुनिवेशी नगरपालिका–१ मा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। गएराति कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भएर पल्टिदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा स्थानीय ५२ वर्षीया साइँली तामाङ र ५५ वर्षीय रुमाल तामाङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा काठमाडौंको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनाका घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्