तिहारमा असाबधानी पुर्वक बत्ती बाल्दा ज्याननै ज्यान सक्छ,सतर्कता अपनाउन आग्रह 

तिहारलाई बत्तीहरुको पर्वको रुपमा लिने गरिन्छ।विभिन्न विद्युतीय बत्ती लगायत दियोहरु बाल्दा अकालमा ज्याननै जान सक्छ।सावधानीपुर्व ध्यान दिन नसक्दा तिहारमै थुप्रै अप्रिय घट्ना घट्ने गरेको छ । सामान्य सावधानी नअपनाउँदा आगलागीको जोखिम हुने भएकाले झिलिमिली बत्ती तथा दियो बाल्दा ध्यान दिनुपर्छ ।सहरी क्षेत्रमा आगलागी हुनुमा ७० देखि ८० प्रतिशत विद्युत् सटका कारण हुने गरेको छ ।

झिलिमिली पर्व तिहारमा आगलागीका घटना हुने खतरा धेरै हुन्छ ।यस्तै, तिहारमा दियो बालेर लक्ष्मी पूजा गर्ने र घर वरिपरि नै दियो बत्ती बाल्ने गरिएकाले विशेष सावधानी अपनाउनु पर्छ । तिहारमा झिलिमिली पार्न सबैका घरमा विद्युतीय बत्ती बालिन्छ । घरमा भएका सबै विद्युतीय सामग्री (फ्रिज, माइक्रोओभन, टेलिभिजन, राइसकुकर) पनि एकैपटक प्रयोग गर्ने गरिन्छ ।

यसरी सबै विद्युतीय सामग्री प्रयोगमा ल्याउँदा ओभरलोड भइ विद्युत् सर्ट हुने सम्भावना हुन्छ । दीपावली गरेपछि घरको एक व्यक्तिले दियो व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ भने घरमा आवश्यकभन्दा बढी विद्युतीय सामग्री एकैपटक बाल्नसमेत हुँदैन ।

आगो लागिहाले के गर्ने ?

बिजुलीबाट भएको आगलागीमा पानीबाट निभाउनु झन् खतरा हुन्छ । बालुवा वा माटोको सहायताबाट आगो निभाउन सकिने उहाँले बताउनुभयो। यसैगरी दीपावली गरेपछि घरको एक व्यक्तिले दियो व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ भने घरमा आवश्यकभन्दा बढी विद्युतीय सामग्री एकैपटक बाल्नसमेत हुँदैन ।

सकेसम्म एकसाथ सबै विद्युतीय सामग्रीको प्रयोग गर्नु हुँदैन । तिहारमा विभिन्न परिकार बनाउने गरिन्छ, त्यसैले तेलको कराहीमा आगो बलेमा पानी हाल्नु हुँदैन । पानी राख्दा आगो झन् बल्छ । कुनै सामग्रीले कराहीलाई ढाक्नुपर्छ । यसो गर्दा अक्सिजन कम हुन गइ आगो निभ्छ । तेल पोखिएर वा उछिट्टिएर शरीरमा आगो लागेमा डराएर दौडनु हुँदैन ।

दौडिदा अक्सिजन धेरै प्राप्त हुनाले आगो झन् बल्ने सम्भावना हुन्छ । त्यसैले यथास्थानमा नै उभिनुपर्छ । सकेसम्म बाक्लो कपडा वा बोराले शरीर छोपिदिनुपर्छ । भुइँमा पल्टनु उचित हुन्छ । यसो गर्दा अक्सिजन कम हुन गइ आगो निभाउन सकिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्