एमाले महाधिवेशन:कुन क्षेत्रबाट कति सहभागी हुन पाउने ?

धादिङ,१७ कात्तिक।
नेकपा एमालेले मंसिरमा हुने १० औं महाधिवेशनको लागि कहाँबाट कति प्रतिनिधि सहभागी हुने भन्ने बिषय टुङ्गो लगाएको छ । एमालेको केन्द्रीय कमिटी बैठकले १ हजार ९९९ महाधिवेशन प्रतिनिधिलाई सहभागी गराउने निर्णय गरेको थियो। तर स्थायी कमिटीले प्रस्ताव गरेभन्दा बढी प्रतिनिधि सहभागी गराउने भएकाले कुन क्षेत्रबाट कति भन्ने टुङ्गो लाग्न बाँकी नै रहेको थियो । महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक २७ गते देशैभरि एकसाथ हुने भएको छ। 

हरेक प्रतिनिधिसभा निवाचन क्षेत्रबाट १२०० जना सहभागी हुने भएका छन्। पार्टी सदस्यबाट कम्तिमा एक महिलासहित ३ जना प्रतिनिधि चुनिनेछन्। १०० भन्दा माथि पार्टी सदस्यको हकमा ८०० बराबर एक जना महाधिवेशन प्रतिनिधि थप हुनेछन् र ३ जना प्रतिनिधि थपिँदा कम्तिमा एकजना महिला अनिवार्य हुने छ। 

जिल्ला र विशेष जिल्ला अन्तर्गत ५०० सम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि आउनेछन् । तीन प्रतिनिधिमध्ये एकजना महिला अनिवार्य हुनेछ।केन्द्रीय सल्लाहकार परिषदबाट १५ जना र प्रदेश र सो सरहका कमिटीहरुबाट कम्तिमा २ महिलासहित ५ जनाका दरले आउने भएका छन्।  

प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिला सहित ७ जनाका दरले प्रनितनिधि निर्वाचित हुनेछन्। यस्तै केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तिमा २ महिला सहित ५ जना प्रतिनिधि हुनछेन्।२२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यहरूबाट कम्तिमा २ महिला सहित ५ जनाका दरले प्रतिनिधि चुनिने एमाले प्रचार विभागले जनाएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्