धादिङमा राति ८ः३० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

धादिङमा राति ८ः३० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यलय धादिङले बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य सतर्कता अपनाएर राति ८ः३० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने जनाएको हो।कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पुर्ण पालना गरी देउसी भैलो, नाचगान लगायतका कार्यहरु राति ८ः३० बजेसम्म मात्र सभ्य शान्तिपुर्वक ढङ्गले गर्न र यस्ता कार्यक्रमहरु गर्दा सार्वजनिक यातायात र जनजिवनलाइ असर पर्ने कुनै पनि गतिविधि नगर्न प्रशासनले अनुरोध गरेको छ।

त्यस्तै,प्रशासनले दीपावलीमा पटका र आतिसवाजीजस्ता प्रज्वलनशील वस्तुको ओसार–पसार, बिक्री–वितरण तथा प्रयोगमा रोक लगाएको छ। मादक पदार्थ लगायत नसालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला,झै–झगडा जस्ता शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि कार्य नगर्न, जुवा, तास, लङगुरवुर्जा आदि जस्ता पैसा राखेर खेलिने सटेवाजीका खेलहरु खेल्ने तथा खेलाउने कार्य नगर्न प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।

साथै जिल्ला कोभिड १९ व्यवस्थापन समिति र नेपाल सरकारबाट जारी गरीएको स्वास्थ्य सुरक्षा मापदण्ड पुर्ण पालना गरी पुजापाठ लगायतका क्रियाकलाप गर्ने/गराउने,मठमन्दिर, गुम्बा लगायत स्थलहरुमा भिडभाड नगर्न सार्वजनिक सूचनामार्फत सचेत गराएको छ।उल्लेखित कार्य विपरित भए/गरिएको पाईएमा स्थानिय प्रशासन ऐन,२०२८ संक्रामक रोग ऐन,२०२० तथा अन्य प्रचलित कानून बमोजिक कारबाही गरिने समेत सूचनामा भनिएको छ।

May be an image of text

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्