“प्रथम महाभिर चुली कप”मा आज पाँच खेल सम्पन्न,भोली सेमीफाईनल हुने

नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ कटुन्जे बजारमा जारी “प्रथम महाभिर चुली कप” फुटबल प्रतियोगितामा आज पाँच खेल सम्पन्न भएका छन् ।खेलाडी राष्ट्रको गहना– खेलाडी बनाउने हाम्रो चाहाना’ भन्ने मुल नाराका साथ कटुन्जे बाराही युवा क्लबको आयोजनामा कटुन्जे बजार खेलमैदानमा जारी फुटबल प्रतियोगितामा आज पाँच खेल सम्पन्न भएको प्रतियोगिताका संयोजक विवेक मानन्धरले जानकारी दिनुभयो।

आज सम्पन्न प्रि–क्वाटरफाईनलका खेलहरुको नतिजाः–

१) सक्रिय युवा क्लब र नयाँ छाप युवा क्लब – (२–०)
२)छोईलिङ् युवा क्लब (ए) र हुलाकी जागरण युवा क्लब – (१–०)
३) रिप युवा क्लब (ए) र सिंगादेवी युवा क्लब– (१–१–५–४)

आज सम्पन्न क्वाटरफाईनलका खेलहरुः–

४) डि.एफ.सि. धादिङ्ग र चरङ्गे युवा क्लब (बि) – (२–२–५–४)
५) डुप्चे युवा क्लब (बि) र रिप युवा क्लब (बि) – (१–०)

प्रतियोगितामा भोलि क्वाटरफाईनलका बाँकी खेलहरु र सेमिफाईनका खेल हुने मानन्धरले जानकारी दिनुभयो।

भोली हुने क्वाटरफाईनलका बाँकी खेलहरुः–

१) डुप्चे युवा क्लब (ए) र सक्रिय युवा क्लब 
२) छोईलिङ्ग युवा क्लब (ए) र रिप युवा क्लब (ए) 
सेमिफाईनलका खेलहरु पनि भोली नै हुनेछन् ।

उक्त प्रतियोगिताको प्रथम पुरस्कार नगद रु पचास हजार ५०५ रुपैँया, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार रु तिस हजार ३०३ रुपैँया सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतिय पुरस्कार रु दश हजार १०१ रुपैँया र ट्रफी, मेडल, प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।

त्यसैगरी प्रतियोगिताको हरेक खेलमा म्यान अफ दि म्याचलाई मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने,उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने साथै बिजेता, उपबिजेता र तृतिय हुने टिमका टिम कोचहरुलाई समेत मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने कटुन्जे बाराही युवा क्लबका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक विवेक मानन्धरले जानकारी दिनुभयो।

प्रतियोगिताको फाईनल तथा पुरस्कार वितरण कार्यक्रम कात्तिक २१ गते हुने मानन्धरले बताउनुभयो।प्रतियोगिताको अनलाईन मिडिया पार्टनरहरुमा भिजन न्युज नेपाल–काठमाण्डौ, धादिङ संचार र मैनबत्ती डटकम–धादिङ तथा रेडियो पार्टनरमा निलकण्ठ एफ.एम.९८.५ मेगाहर्ज धादिङ रहेको छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्