आज थपिने संक्रमित भन्दा निको हुने तेब्बर बढि,६४९ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमण पुष्टि हुनेभन्दा निको हुने तेब्बर बढि रहेको छ।आज देशभर १८३ संक्रमित थपिदा ६४९ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट २ हजार ३०७ जनाको पीसीआर गर्दा १७४ जना र २ हजार ५३७ जनाको एन्टिजेन परिक्षणमा ९ गरी १८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहिबार मात्रै ३५६ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ९ हजार ९३ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९४ हजार ४३८ पुगेको छ।सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ४१३ रहेको छ।

सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ६ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४३८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्