एनआरएनएलाई राजनिति मुक्त बनाउन लागिरहेका छौँ:एनआरएनएका सह–कोषाध्यक्ष दाहाल

गैर आवासिय नेपाली संघ(एनआरएनए)का सह–कोषाध्यक्ष,सफल व्यवसायी एवम समाजसेवी लोक प्रसाद दाहालसँग एनआरएनएको १० औँ महाधिवेशनका विषय,आन्तरिक विवाद लगाएतका बिषयमा रामकुमार थापाले गर्नुभएको कुराकानीको अस्मिता पोखरेलद्धारा संपादित अंशः

१. १० औँ महाधिवेशन विवाद भयो,परराष्ट्र मन्त्रालयले हस्ताक्षर गर्नुपर्यो ? 

यसलाई विवाद भन्दा पनि केही साथीहरुले परराष्ट्र मन्त्रालयमा दिएको उजुरीको आधारमा परराष्ट्र मन्त्रालयले त्यहाँ भएको कमी कमजोरीलाई सच्चाएर मात्र अगाढि बढ्नु भनेर निर्देशन दिएको हुनाले केही समयको लागि रोकिएको हो। 

२. आगामी निर्वाचनको लागि कसरी हेर्नुभएको छ ? 

हामी १० औँ महाधिवेशन गर्ने भनेर नेपाल आयौँ र हाम्रो महाधिवेशन परराष्ट्र मन्त्रालयमा दिएको निवेदनको आधारमा रोकिएको हुनाले त्यहाँ भएका विवादलाई छिटो भन्दा छिटो सल्टाउनलाई बैठक बसिरहेको छ।१/२ दिनमा त्यो टुङ्गिन्छ र हामी प्रक्रियागत रुपमा महाधिवेशनमा जान्छौ।नोभेम्बर अन्तिम अथवा डिसेम्बरको पहिलो हप्तासम्मा चुनावमा जान्छौँ। 

३. राजनितिक हस्तक्षप बढि भयो कि भन्ने सामाजिक सन्जालहरुमा देखिरहेका छौँ, यसलाई कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ? गैर आवसीय नेपालीहरुलाई एकतावद्ध बनाउन र उहाँहरुको हक हितको लागि अगाडि बढ्नको लागि एनआरएन कस्तो हुनुपर्ने हो ? कस्तो बनाउन पर्ने हो ? 

राजनितिक हस्तक्षप केही बढ्नु हामीले स्वभाविक रुपमा लिन्छौँ। चुनाव आइसकेपछाडि केही राजनितिक हस्तक्षेपहरु हुन्छन्। विभिन्न साथीहरु कुनै न कुनै पार्टिमा आस्थावान भएको हुनाले र नेपाल सरकारसँग जोडिएर काम गर्नुपर्ने भएको हुनाले सरकारको पनि यसमा केही भुमिका रहन्छ तर यसलाई हस्तक्षेप गर्न हुँदैन भन्ने हामी सबैको मान्यता हो।यसलाई राजनितिक हस्तक्षेप भन्दा पनि चुनावमा हुने एउटा प्रक्रियाको रुपमा हामीले बुझछौँ र एनआरएन गैर आवसीय नेपाली संघलाई राजनितिक मुक्त बनाउन लागिरहेका छौँ। 

४. हजुर सह-कोषाध्यक्ष हुदाँ कोष व्यवस्थापन,मित व्ययिताका हिसावले गरेका कामहरु के के हो ?  

हाम्रो टिमले सर्वप्रथम सिस्टम बसाल्यौँ प्रत्येक कार्यक्रम गर्दा बजेटिङ,अडिटिङ सिस्टमहरु, एन सिसिले प्रतयेक ३/३ महिनामा अडिटिङ गर्नुपर्ने, ३/३ महिनामा बजेटिङ सिस्टमलाई वेभसाइटमा राख्दिने काम गरेका छौँ।अहिले जुन कोषाध्यक्ष आएपनि काम गर्नको लागि एकदम सरल छ सिस्टममा हालेका छौँ त्यो सिस्टमले चल्छ।प्रत्येक ३ महिनामा एनआरएनका अहिलेसम्मका क्रियाकलापहरु, आर्थिक गतिविधिहरु वेभसाइटमा हेर्न सक्नुहुन्छ। 

५. एनआरएन पहिला घाटामा थियो रे,त्यो घाटापुर्र्ती गरेर ब्यालेन्समा आउँदै छौ भन्ने सुनेका छौँ वास्तवमा के हो ? 

अहिले पनि एनआरएन ८/९ करोड घाटामा छ। हामीले जित्यौँ भने आगामी नेतृवलाई यसको ८/९/१० करोड हस्तान्तरण गर्न सक्छौँ। हामी नाफा बनाएर त्यो ठाउँमा पुग्छौ त्यो मेकानिजम तयार पारिसकेका छौँ। 

६.तपाई कोषाध्यक्ष पदमा उठ्दै हुनुहुन्छ,लोक प्रसाद दाहाललाई कोषाध्यक्ष बनाउन पर्ने कारण के ? तपाईले गर्ने काम चाही के हो ? 

कोषाध्यक्षले गर्नुपर्ने काम भनेको आर्थिक पारदर्शिता, कोषलाई कसरी अभिवृद्धि गर्ने र विदेशमा रहेका मजदुरहरुको मुद्धामा हामीले कसरी कोष अभिवृद्धि गरेर त्यो मजदुरहरुको हितमा काम  गर्न सक्छौ भन्ने उद्धेश्य रहन्छ। मलाई भोट किन दिने भन्दा मैले कोषमा रहेका कोषलाई पारदर्शिता बनाउने काम रहन्छ, बजेटिङ सिस्टमको काम मेरो कर्तव्य रहन्छ र विदेशमा काम गरेर बसेका मजदुरहरुले पठाउने रेमिट्यान्सलाइ हामीले नेपाल सरकारसँग वार्ता गरेका छौँ त्यो रेमिट्यान्स मार्फत भित्रिएका जुन प्रिमियम पाउने गर्छन त्यो प्रिमियम रेमिट्यान्सले लिने गर्छ।

हामीले नेपाल सरकारलाई त्यो प्रिमियम हामीलाई पनि दिनुभयो भने वैदेशिक रोजगारी कल्याणकारी कोषमा जम्मा बनाउँछौँ र त्यो रेमिट्यान्सको २ पैसा प्रिमियम मात्र हामीलाइ दियो भने हामीले वार्षिक १६ करोड जम्मा बनाउन सक्दा रहेछम। यो १६ करोड मजदुर कल्याणकारी कोषमा राखियो भने मजदुरहरुलाई परेका समस्यामा कोष प्रयोग गर्न सक्छौ। त्यो कोष कसरी अभिवृद्धि गर्न सक्छौ भनेर गम्भीरता पुर्वक लागिरहेको छु। 

७. हामीले विदेशमा रहेका गैर आवसीय नेपालीहरुको लगानी नेपालमा कसरी भित्राउने र उहाँहरुको लगानीलाई कसरी सुरक्षित बनाउने भन्ने तिर सोच्नुपर्ने बेला आयो होइन? 

हामीले त्यसको लागि भनेर १० अर्बको फन्ड तयार पारेका छौँ । विदेशमा बस्ने ५ डलर पनि १० अबै फन्डमा लगानी गर्न सक्नुहुन्छ। हामी सुरक्षित साथ उहाँहरुको लगानीलाई हामीले नेपालमा एउटा सेक्टर बनाएर सुरिक्षत गराउने वातावरण बनाउँछौँ र त्यो प्रोसेस अगाडि बढिसकेको छ। हामीले माग गरेको भन्दा पनि बढि पैसा जम्मा भइसकेको छ त्यसमा नेपाल सरकारको ५ प्रतिशत लगानि र गैर आवसीय नेपालीहरुको ९५ प्रतिशत गरेर १० अर्बको फन्ड लेराएको छौँ। कुनै पनि नेपालमा बस्ने एकजना मजदुरले पनि त्यसमा लगानी गर्न सक्छ। 

८. नागरिकताको विषयमा कति गैर आवसीय नेपालीहरुलाई विभेद भयो भन्ने कुरा छ, यो मुद्धालाई कसरी सम्बोधन गर्नु हुन्छ? 

हामीले गैर आवसीय नेपालीको नागरीकताको विषयमा धेरै पहिला देखि कुरा उठाइरहेका छौँ । नेपाल सरकारले पनि कोड गरीसकेको छ सम्सदमा लगेर पारीत मात्र गर्न पर्ने थियो र त्यहाँ केही विवादहरु आए हामीले राजनितिक भन्दा बाहेकका नागरीकता भन्ने माग गरेका छौँ प्रक्रियामा छ। गैरआवसीय नागरीकलाइ नागरीकता दिदाँ नेपाल सरकालाई घाटा पर्ने वाला छैन। नेपाल सरकारको यसमा गम्भीर ध्यान जाओस् भनेर हामीले बारम्बार बोलिरहेको छौँ। यसमा हाम्रो एउटा टिम पनि लागिरहेको छ। 

९. विदेशमै रहेका गैर आवसीय नेपालीहरुलाई समस्या पर्दा यो संस्थाले के गर्छ? 

विदेशमा बस्ने नेपालीहरुलाई उहाँहरुलाई परेको समस्या, खान नपाएर रोडमा पुग्ने अवस्थामा हामीले खान बस्न र विदेशबाट अलपत्र बनाएर उहाँहरुको सडकमा बस्ने वातावरण थियो यसमा गैर आवसीय नेपालीहरुले आइएलओ सँग मिलेर काम गर्यो। त्यसमा १० करोड फन्ड सहयोगको लागि पाएको थियो।

त्यो फन्डबाट धेरै साथीहरुलाई खान, बस्न, नेपालसम्म ल्याउन काम गर्यो। समस्या पर्दा नेपालीहरुको लागि गैर आवसीय नेपाली नै अगाडि सर्छ र गैर आवसीय नेपालीले नै उहाँहरुको काम गरीरहेको छ। विदेशमा बस्ने नेपालीहरुको लागि गैर आवसीय नेपाली संघले अत्यन्त महत्वपुर्ण भएर काम गरीरहेको छ। गैर आवसीय नेपाली संघ १५/१७ वर्षको अभियानमा यो संस्था आएर यो अवस्थामा पुग्छ भन्ने हामीले सोचेको थिएनम। 

१०. व्यवसाय सँगसँगै सामाजिक काममा तपाईको जुन सक्रियता छ यसलाई कसरी हेरीरहनुभएको छ? कसरी समय व्यवस्थापन गरिरहनु भएको छ? 

मैले आफनो व्यवसाय सगँसगै परिवारलाई समय दिएर सामाजिक अभियानमा लागिरहेको छु मलाई त्यो समय प्राप्त भइरहेको छ। हामीले कोरोना कारण त्यति त सकेको छैनौ तर मेरो निरन्तरता रहन्छ र यसलाई व्यवस्थापन गर्न मलाई त्यति गारो छैन।आत्माबाट, मनबाट आइसकेपछि यो काम गर्नको लागि समय निकाल्नु पर्ने,पैसा चाहिनुपर्ने भन्ने हुँदैन। 

११. एकपटक फेरी पनि गैर आवसीय नेपाली संघमा बसेर काम गर्न यहाँको रुची/इच्छा छ?

 मैले गैर आवसीय नेपाली संघमा लामो अभ्यास काम गरीरहेको छु। मैले एनसिसि बेल्जियमा महासचिव, अध्यक्ष हुँदै आसिसि को सह कोषाध्यक्ष काम गरीसके र मेरो जाने बाटो भनेको कोषाध्यक्ष नै हो। मैले कोषाध्यक्षको पदमा उम्मेद्वारी दिइसकेको छु,औपचारिक रुपमा मैले घोषणा गरीसकेको छु आगामि कार्यकालमा कोषाध्यक्षको रुपमा अगाडि बढ्छु।

संसारभर छरिएर बसेका साथिहरुलाई म विनम्र अनुरोध गर्न चाहन्छु मलाइ एकचोटि कोषाध्यक्षको पदमा फेरी पहिला दिनुभएको जसरी दिएर परिक्षण गर्नको लागि अनुरोध गर्दछु । मलाई भोट दिनुहोला तपाईले दिएको मतको कदर गर्दै आर्थिक पारदर्शिता र आर्थिक कोषको मितव्ययीता अगाडि बढाउँछु।

 १२.एनआरएन संस्था जुन गतिमा बढ्नु पर्ने थियो त्यही गतिमा बढिरहेको छ कि बिचमा केही समस्याहरु छन्? 

हामी गतिमा नै बढिरहेका छौँ। देश विदेशमा नेपालीहरुलाई आपत पर्दा ठूलो सहयोग गरेका छौँ। नेपाल सरकारसँग मिलेर हामीले देशको समृद्धि र विकासको लागि हातेमालो अगाडि बढाएका छौँ। विदेशमा बस्ने साथीहरुको समस्यामा हाम्रा साथिहरु त्यहाँ पुग्नुभएको छ,खट्नु भएको छ,सहयोग गर्नुभएको छ त्यो निरन्तरता हामी कायम राख्छौँ।अहिलेको परिवेशमा केही त्यस्ता घटनाहरु देखिएपनि हामीले यसलाई एकता बद्ध भएर यो समस्यालाई समाधान गरेर अगाडि बढ्नुपर्छ। 

१३. गैरआवासिय नेपालीहरुलाई पनि फाइदा हुने नेपाल सरकार या नेपाली जनतालाइ फाइदा हुने क्षेत्र कुन हो ? 

हामी कृषि उत्पादनमा जान्छौ,हामी विदेशमा बस्ने एक सय जना साथिहरुको समुह बनाएर फन्ड कलेक्सन गर्दै छौँ। हामीले कृषिमा आत्मनिर्भर गर्नुपर्छ। आगामी हाम्रो लगानी कृषिमा जाने सोचमा राखेका छौँ। 

१४. अन्त्यमा देश विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुलाई के भन्न चाहनुहुन्छ?

देश विदेशमा रहनुभएका आमा बुबा दाजुभाई तथा दिदी महिनिहरु स्वस्थ रहनु, सुरक्षित रहनुहोला।चाडबाड सुरक्षित तरिकाले मनाउनु होला।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्