हल्का वर्षा र हिमपातको सम्भावना

नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । आज शुक्रवार काठमाण्डौ उपत्यकाको आकाशमा दिनभरजसो सामान्य बदली रहेको छ । मौसम बदली र तुलनात्मक रूपमा तापक्रम पनि घटेकाले बढी चिसो महसुस गरिएको छ ।

महाशाखाका अनुसार प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेशमा आंशिकदेखि समान्य बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । 

भोलि शनिवार पनि प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । कात्तिक २१ गते आइतवार प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ।

प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा हल्का वर्षातको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाको पछिल्लो विवरणमा आज काठमाण्डौको अधिकतम तापक्रम २३ दशमलव नौ र न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।–रासस  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्