“प्रथम महाभिर चुली कप“ फुटबल प्रतियोगितामा डि.एफ.सि. र छोईलिङ्ग फाईनल भिड्ने

धादिङ,१९ कात्तिक।
नेत्रावती डबजोङ गाउँपालिका–५ कटुन्जे बजारमा जारी “प्रथम महाभिर चुली कप” फुटबल प्रतियोगितामा डि.एफ.सि. र छोईलिङ्ग फाईनल प्रवेश गरेका छन्।खेलाडी राष्ट्रको गहना– खेलाडी बनाउने हाम्रो चाहाना’ भन्ने मुल नाराका साथ कटुन्जे बाराही युवा क्लबको आयोजनामा कटुन्जे बजार खेलमैदानमा जारी फुटबल प्रतियोगितामा आज चार खेल सम्पन्न भएको प्रतियोगिताका संयोजक विवेक मानन्धरले जानकारी दिनुभयो।

आज सम्पन्न क्वाटरफाईनल खेलमा सक्रिय युवा क्लबले डुप्चे युवा क्लबलाई १–० पराजित गर्यो भने छोईलिङ्ग युवा क्लबले रिप युवा क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको मानन्धरले जानकारी दिनुभयो। यस्तै आजै सम्पन्न सेमिफाईनलका खेलमा डि.एफ.सि.ले डुप्चे युवा क्लब (बि)लाई ६–२ ले पराजित गर्यो भने छोईलिङ्ग युवा क्लब (ए)ले  सक्रिय युवा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको प्रतियोगिताका संयोजक मानन्धरले बताउनुभयो।

योसँगै प्रतियोगिताको फाईनलमा डि.एफ. सि.धादिङ र छोईलिङ युवा क्लब कार्तिक २१ गते बिहान ११ बजे भिड्ने छन्।उक्त प्रतियोगिताको प्रथम पुरस्कार नगद रु पचास हजार ५०५ रुपैँया, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार रु तिस हजार ३०३ रुपैँया सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतिय पुरस्कार रु दश हजार १०१ रुपैँया र ट्रफी, मेडल, प्रमाणपत्र रहेको आयोजकले जनाएको छ।

त्यसैगरी प्रतियोगिताको हरेक खेलमा म्यान अफ दि म्याचलाई मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने,उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने साथै बिजेता, उपबिजेता र तृतिय हुने टिमका टिम कोचहरुलाई समेत मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने कटुन्जे बाराही युवा क्लबका अध्यक्ष नारायण शाक्यले जानकारी दिनुभयो ।  

प्रतियोगिताको फाईनल तथा पुरस्कार वितरण कार्यक्रम कात्तिक २१ गते हुने मानन्धरले बताउनुभयो।प्रतियोगिताको अनलाईन मिडिया पार्टनरहरुमा भिजन न्युज नेपाल–काठमाण्डौ, धादिङ संचार र मैनबत्ती डटकम–धादिङ तथा रेडियो पार्टनरमा निलकण्ठ एफ.एम.९८.५ मेगाहर्ज धादिङ रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्