यमपञ्चकको अन्तिम दिन आजभाइटीका:उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

यमपञ्चक अर्थात तिहारको अन्तिम दिन आज भाइटीका,स्वेदश तथा विदेशमा रहेका हिन्दुहरुले परम्परा अनुसार दिदीबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाईटिका लगाईदैंछ ।आज भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलका अनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्छ ।उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उहाँको भनाइ छ । शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका गर्न उहाँको सुझाव पनि छ ।तर दिनभर टिका लगाउन कुनै बाधा नभएको उहाँको भनाई छ।

यसबर्ष भाईटिका लगादिने पूर्व र लगाई माग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यशो गरेमा बृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन।शुभकार्यमा चन्द्रमा अघि वा दाहिने पार्नुपर्ने शास्त्रिय मान्यता छ।

दिदिबहिनीले आफ्ना दाजुभाईलाई टिका लगाईदिदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरि कहिल्यै नसुक्ने तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लगाई दिएर चिरायुको कामना गर्ने गर्दछन् ।
आजको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्