ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा चार जनाको ज्यान गयो,दुई घाइते

ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ  भने दुई जना घाइते भएका छन्। गएराती म्ह पूजा गरिरहेका बेला दियोबाट आगो सुरु भएको र ग्यास सिलिन्डर पड्केपछि चार जनाको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार, उहाँकी ३५ वर्षीय छोरी अञ्जना ताम्राकार, ३५ वर्षकी बुहारी रचना ताम्राकार र १० वर्षका नाति निर्जल ताम्राकार ररहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।छोरा ४२ वर्षका नीरज ताम्राकार र ३२ वर्षकी छोरी सिर्जना ताम्राकार घाइते भएका छन् । उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ।तस्विर:सामाजिक सञ्जाल

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्