शनिबार थपिए १३९ संक्रमित,सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार १४४

पछिल्लो २४ घण्टामा देशभर १३९ संक्रमित थपिदा ३९६ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट २ हजार १३५ जनाको पीसीआर गर्दा १२८ जना र १ हजार ७९८ जनाको एन्टिजेन परिक्षणमा १९ गरी १३९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार मात्रै १८३ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ९ हजार २३२ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९४ हजार ८३४ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार १४४ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ६ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४३९ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्