आईतबार थपिने संक्रमित भन्दा निको हुने तेब्बर बढि,१४३ संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा थपिने कोरोना संक्रमित भन्दा निको हुने तेब्बर बढि रहेको छ।देशभर आज २ हजार ३३३ जनाको परिक्षणमा १४३ संक्रमित थपिदा ५६३ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट १९ सय ८० जनाको पीसीआर गर्दा १४१ जना र ३५३ जनाको एन्टिजेन परिक्षणमा २ गरी १४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिबार मात्रै १३९ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९५ हजार ३९७ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ७१३ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ९ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४४८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्