चिसोसँगै प्रदूषण बढ्दै

जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । कार्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस वान डिग्री सेल्सियससम्म पुगेको र आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो।

जाडो याममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने वरिष्ठ मौसमविद् पौडेलले बताउनुभयो।लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौँ लगायत शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने उहाँको भनाई छ।

वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्ने बताउनुभयो ।उहाँले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नु पर्ने बताउनुभएको छ।जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउनु पर्ने पनि पौडेलले बताउनुभयो। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्