एस्ट्राजेनिका र भेरोसेल खोपको दोस्रो मात्रा २९ र ३० गते लगाईने

धादिङमा कात्तिक २९ र ३० गते एस्ट्राजेनिका र भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ। स्वास्थ्य कार्यालय धादिङका अनुसार गत भदौ ७ देखि ९ गतेसम्मर भदौ २२ देखि २७ गतेसम्म एस्ट्राजेनिका खोपको पहिलो मात्रा लिएका यहि कात्तिक ६ र ७ गते भेरोसिल खोपको पहिलो मात्रा लगाएकाहरुलाई दुवै खोपको दोस्रो मात्राको रुपमा कात्तिक २९ र ३० गते लगाउन लागिएको हो।

भदौ ७ देखि ९ र २२ देखि २७ गतेसम्म जिल्लामा विभिन्न पालिका अन्तरगत रहेको उमावि तथा १२ कक्षामा अध्ययन गर्ने विद्यार्थी तथा अन्य नागरीकलाई एस्ट्राजेनिका खोप लगाईएको थियो भने कात्तिक ७  र ८ गते १८ वर्ष माथिका नागरीकलाई भेरोसेलको पहिलो मात्रा लगाईएको थियो।

स्वास्थ्य कार्यालय धादिङले जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै पूर्ववत सञ्चालन भएका कोभिड खोप केन्द्रहरुबाट दोस्रो मात्रा पाउनुपर्ने नागरिकलाई पहिले कुन खोप लिएको हो,खोप कार्ड हेरेर समय र लगाइएको खोप सुनिश्चित गरेर मात्र दोस्रो खोप दिने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

यस्तै भेरोसेल खोपको दोस्रो मात्रा पहिलो लगाएको २१–२८दिनमा दिने र एस्ट्राजेनिकाको दोस्रो मात्रा दिँदा ८–१२ समय अवधि भएको हुनुपर्ने,खोप पश्चात हुनसक्ने अवान्छित घटनालाई व्यवस्थापन गर्न सबै टोली सँग एड्रिनालिन इन्जेक्सन साथमा हुनुपर्ने रकार्यक्रम संचालन भएको दिनको दैनिक रिर्पोट जिल्लाबाट पठाएको फारममा मात्र गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।फाईल तस्विर

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्