धुनिबेशीमा बेटर ब्रिक नेपालको बार्षिक समिक्षा तथा परियोजनाको बहिरगमन बैठक

धुनिबेशी नगरपालिकामा संचालित भएको बेटर ब्रिक नेपाल कार्यक्रमको बार्षिक समिक्षा तथा परियोजनाको बहिरगमन बैठक सोमबार सम्पन्न भएको छ ।कार्यक्रममा बार्षिक रुपमा सम्पन्न गरिएको क्रियाकलापहरु, ईटा उद्योगहरुले पालना गर्नुपर्ने न्युनतम मापदण्डहरु, पालिकाको फ्यास सिट, आगामी दिनमा नगरपालिकाको भुमिका के रहन्छ ? भन्ने बिषयमा बेटर ब्रिक नेपाल कार्यक्रमको फिल्ड संयोजक सुनिता कँडेलले जानकारी गराउनु भएको थियो । 

धुनिबेशी नगरपालिकाको प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख निरु खरेल, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कडेल, शिक्षा प्रमुख, सामाजिक शाखा प्रमुख, वडा नं ६ का अध्यक्ष लगायत १२ जनाको उपस्थिति रहेको थियो । 
बिबिएन परियोजनाले ७ बर्षमा उद्योगमा गरेको कामलाई नगरपालिकाले अपनत्व लिई काम गर्ने र सो काममा प्रयास नेपाल धादिङले पनि समन्वय र सहकार्य निरन्तरताको अपेक्षा सहित प्रमुख बालकृष्ण आचार्यले हालसम्म भएको नमुना कामलाई समेत नगरपालिकाले स्वमित्व ग्रहण गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

सन् २०१४ डिसेम्बर देखि नोबेम्बर २०२१ सम्म ग्लोबल फियरनेश इनिशियटिभ नेपाल रर प्रयास नेपाल धादिङको साझेदारिमा संचालन भएको बेटर ब्रिक नेपाल कार्यक्रम धुनिबेशी नगरपालिकाको ४ वटा ईटा उद्योगमा संचालन भएको थियो । नगरपालिकासँगको समन्वय तथा सहकार्यमा कार्यक्रमले ईटा भट्टालाई उद्योगको रुपमा रुपान्तरण गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको थियो।

श्रमिकमैत्री,बातावरण तथा वातावरण मैत्रि ईटा उधोग बनाउनको लागि नितिगत तथा कार्य क्रमिक रुपमा सहयोग र सहजिकरण गर्दै आएको छ । नोबेम्बर २०२१ बाट कार्यक्रम बहिरगमन हुने प्रयास नेपालका कार्यक्रम प्रमुख सुनिता कडेलले जानकारी दिनु भयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्