थोपलखोला निर्मित झोलुङ्गे पुलको उद्घाटन

मिस नेपाल २०२० की विजेता नम्रता श्रेष्ठद्धारा निर्मित नीलकण्ठ–२ आलेछिरिङ्गेको थोपलखोला माथिको झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । ‘मिस वर्ल्ड’ मा भाग लिन आयोजकले बनाएको नियम अनुसार प्रतियोगीहरुले आफ्नो देशमा कुनै एक समाजिक कार्य गर्नुपर्ने नियमानुसार मिस नेपाल विजेता श्रेष्ठले निर्माण गर्नुभएको साङकोस र बसाह जोड्ने  झोलुङ्गे पुलको सोमबार निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगाना,मिस नेपाल श्रेष्ठ लगाएतले उद्घाटन गर्नुभएको हो।

No description available.

करिव ५० लाखभन्दा बढीको लगानीमा निर्माण गरिएको उक्त पुल निर्माणमा द हिडेन ट्रेचर, एक्सन नेपाल, आइ.एम.ए फाउन्डेशन, नगरपालिका लगायत स्थानीय जनताहरुकोे सहयोग रहेको जनाएको छ ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर ढुङ्गानाले भन्नुभयो।‘पुल सम्पन्न गर्नु मात्र ठुलो कुरा होइन,त्यसको संरक्षण र पुस्तौ पुस्तासम्म टिकाउनु ठुलो कुरा हो।’उहाँले उपभोक्ता समितिका पदाधिकारीहरुलाई पनि निर्माण मात्र होइन त्यसको संरक्षण गर्न आग्रह गर्नुभएको छ । ढुङगानाले नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्डमा जान लाग्नुभएका श्रेष्ठलाई शुभकामाना समेत दिनुभएको छ ।

No description available.

यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै श्रेष्ठले आज आफुले बनाएको पुल उद्घाटन गर्न पाँउदा खुसी लागेको भन्दै पुल निर्माणमा पैसा मात्र नभई एक–एकको पसिना उत्तिकै लागेको बताउनुभयो ।पुलको संरक्षण गर्न नगरपालिका, वडा तथा सम्पुर्ण स्थानीयबासीहरुलाई समेत आग्रह गर्नुभयो।कार्यक्रममा श्रेष्ठले महिनाको दुईपटक पुल सरसफाईको लागि एकजना कायकर्ता राख्ने समेत घोषणा गर्नुभएको छ।पुलका वरिपरि रुखहरु समेत रोपिएको छ ।

No description available.

सानो बेलादेखि नै मिस नेपालतिर झुकाव राखेकी नम्रता श्रेष्ठ मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीहरुलाई उछिन्दै श्रेष्ठले मिस नेपाल २०२० को ताज पहिरिएकी हुन् ।यसपछि अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको ढोका खुलेको नम्रताले सन् २०२०–२१ ‘मिस वर्ल्ड’ मा भाग लिने अवसर पाएकी हुन्।यस प्रतियोगितामा १३० देशका सुन्दरीहरुले भाग लिनेछन् ।श्रेष्ठ मिस वल्र्डमा भाग लिन यहि १८ तारिकमा अमेरिका प्रस्थान गर्ने भएको छ।​

तस्विर: सिताराम अधिकारी

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्