बेटर ब्रिक नेपालको बार्षिक समिक्षा तथा परियोजनाको बहिरगमन बैठक

थाक्रे गाउँपालिकामा संचालित भएको बेटर ब्रिक नेपाल कार्यक्रमको बार्षिक समिक्षा तथा परियोजनाको बहिरगमन बैठक मंगलबार सम्पन्न भएको छ। कार्यक्रममा बार्षिक रुपमा सम्पन्न गरिएको क्रियाकलापहरु, ईटा उद्योगहरुले पालना गर्नुपर्ने न्युनतम मापदण्डहरु, पालिकाको फ्याक्ट सिट, आगामी दिनमा नगरपालिकाको भुमिका के रहन्छ ? भन्ने बिषयमा बेटर ब्रिक नेपाल कार्यक्रमको फिल्ड संयोजक सुनिता कडेलले जानकारी गराउनु भएको थियो। 

थाक्रे गाउँपालिकाको अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष अम्बिका रुपाखेति, प्रमुख प्रशासकिय अधिकृत माधव कुमार दाहाल, शिक्षा प्रमुख, सामाजिक शाखा प्रमुख, वडा अध्यक्षहरु लगायत १५ जनाको उपस्थिति रहेको थियो । बिबिएन परियोजनाले ७ बर्षमा उद्योगमा गरेको कामलाई धन्यवाद दिदै गरेका कामहरुको विवरण स्थानीय तहमा जानकारी गराउन अनुरोध गर्दै आगामी दिनहरुमा पनि प्रयास नेपाल धादिङ संगको समन्वय र सहकार्य निरन्तरताको लागि अध्यक्ष रामकुमार आचार्यले जानकारी गराउनु भयो। 

No description available.

सन् २०१४ डिसेम्बर देखि नोबेम्बर २०२१ सम्म ग्लोबल फियरनेश इनिशियटिभ नेपाल र प्रयास नेपाल धादिङको साझेदारिमा संचालन भएको बेटर ब्रिक नेपाल कार्यक्रम थाक्रे गाउँपालिकाको एभरेष्ट ईटा उधोग र यती टायल एण्ड ब्कि ईण्डष्टिज प्रा.लि गरि २ वटा ईटा उद्योगमा संचालन भएको थियो । 

गाउँपालिकासँगको समन्वय तथा सहकार्यमा कार्यक्रमले ईटा भट्टालाई उद्योगको रुपमा रुपान्तरण गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै  आएको थियो। श्रमिकमैत्री, बातावरण तथा वातावरण मैत्रि ईटा उद्योग बनाउनको लागि नितिगत तथा कार्य क्रमिक रुपमा सहयोग र सहजिकरण गर्दै आएको छ । नोबेम्बर २०२१ बाट कार्यक्रम बहिरगमन हुने प्रयास नेपालका कार्यक्रम प्रमुख सुनिता कडेलले जानकारी दिनुभयो।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्