जनगणना अन्तर्गत भोलिबाट मूल गणना हुदै

राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना हुने भएको छ। ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिनुभयो। मूल गणनाका लागि ४०  हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् ।  नेपालमा हरेक १०–१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ।

यसअघि ३० भदौबाट सुरु भएको सूचीकरण १८ असोजसम्म चलेको थियो। छुटेका व्यक्ति तथा परिवारले केन्द्रिय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्नेछन् ।तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो। तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि जनगणना स्थगित भएको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्