पाँच जनाको परिक्षणमा धुनिबेशीका २ जनामा संक्रमण

धादिङ,२३ कात्तिक।
धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज धुनिबेशी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।  हाल जिल्लामा सक्रिय संक्रमित ८ जना रहेको छ ।

आज ५ जनाको परिक्षण गर्दा २ जनाको  पोजेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ५७ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार १०३ रहेको छ। 

यसैगरी संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्। हाल संक्रमित मध्ये ८ जना नै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्