धादिङका युवामा क्रिकेट आकर्षण तर बुझ्दैन स्थानीय सरकार

नारायण सिलवाल
धादिङ जिल्लामा क्रिकेटको विकास भएको २३ वर्ष पुरा भएको छ । धादिङको क्रिकेट ईतिहास हेर्ने हो भने धादिङमा पहिलो पटक ड्युज बल सहित क्रिकेट खेल सामाग्री ०५५ सालमा अनील केसीले ल्याएको तथ्य भेटिएको छ । यो सँगै धादिङबेसीमा क्रिकेट सिक्ने काम सुरुभयो । धादिङबेसीको सडकमा नन्दु घले, आन्द घले, राजु घले, सन्तोष थापा, राजेश प्रजापति, मदन श्रेष्ठ, सुरेन्द्र श्रेष्ठले क्रिकेट सिक्न थाले उनीहरुलाई धादिङबेसी आएका अष्ट्रिलेयन नागरिकहरु सिकाएका थिए।

यो सँगै ०५६ सम्म आईपुग्दा पुछारबजारमा १० जना भन्दा बढी खेलाडी उत्पादन भयो नन्दु घले, आन्द घले अलराउण्डर, सन्तोष थापा ओपनिङ ब्याट्समेन, मदन श्रेष्ठ प्रिमियर बलर, सागर नेपाल विकेट किपरका रुपमा उदाय र टिमको नेतृत्व अनिल केसीले गरे । धादिङबेसीमा क्रिकेटको चहल पहल बढे सँगै ०५८ मा तात्कालिन जिल्ला सभापति खेम प्रसाद लोहनीले क्रिकेट विकासको लागि २५ हजार सहयोग गरेको देखिन्छ । पुछारबजारमा राम्रो खेल चल्न थाले सँगै बीचबजारमा पनि ०५७ मा एउटा राम्रो टिम बन्यो । कमलराज ढुङ्गाना, गोरे गुरुङ, मनिश केसी, शंकर थापा, काँग्रेस नेता टेकजंग लामा, मदन बहादुर गुरुङ, भरत गुरुङ, कुमार गुरुङ, उमेश वाईवा, लेखबहादुर गुरुङ, दिपेश सुमन मम्बा लगायतको टिम बन्यो ।

५५ सालमा भैरहवाबाट आएका डा. पर्शन उपाध्यायले मलेखु रिचोकटार स्थित बागेश्वरी स्कुलका विद्यार्थीहरुलाई क्रिकेट खेलबारे काठको ब्याड बनाई सिकाए तथ्य पनि भेटिएको छ । यस्तै मलेखुका अनिल कडेल र सुवास सिलवालले ०५७ सालमा काठमाडौ कलेजमा पढ्दै गर्दा ब्याड र टेनिस बल लगेर मलेखुमा औपचारिक क्रिकेट खेलको सुरुवात गरेको पाईएको छ । यो सँगै मलेखु, बेनीघाट, मझिमटारमा ०५९ पछि राम्रो क्रिकेट माहौल बनेको देखिन्छ । त्यति बेलाका टिम क्याप्टेन किशोर त्रिपाठीका अनुसार मलेखु टिममा इश्वर त्रिपाठी, प्रविण त्रिपाठी, सुदिप सिलवाल, अनिल कडेल, सुरेन श्रेष्ठ टाईसन, प्रदिप श्रेष्ठ, विशाल ढुङ्गाना, सन्देश सिलवाल, संदिप कडेल लगायतले खेल्ने गर्दथे ।

०५९ सालमा दिनेश कडेल र जिवन जम्कट्टेलले बेनीघाटमा क्रिकेट खेलको सुरुवात गरेको पाईएको छ । यो सँगै बेनीघाटले अन्तर क्लव स्तरीय प्रतियोगिता गरेको थियो । उमेश श्रेष्ठको कप्तानीमा रहेको यस बेनीघाटमा संजोग श्रेष्ठ, विकास श्रेष्ठ, सुरेन श्रेष्ठ टाईसन, गुरकुमार श्रेष्ठ, सुमन श्रेष्ठ, जिवन जमकट्टेल, दिनेश कडेल, शुसिल रेग्मी, सुन्दर श्रेष्ठ, रवि गिरी लगायतका खेलाडी थिए ।

बेनीघाटले हाल सम्म ४ वटा जिल्ला स्तरीय प्रतियोगिता गरि सकेको छ जसमा पहिलो प्रतियोगिता ०६१ मा थ्रीडी कप भएको थियो यो प्रतियोगितामा बैरेनीलाई हराउँदै चरौदी प्रथम भएको थियो । त्यसपछि ०६५ मा भएको कारु मेमोरीयल कपमा धादिङ समाज धादिङ प्रथम भएको थियो भने ०७६ को कारु मेमारिएन कप आयोजक बेनीघाट बीले जितेको थियो ।

यस्तै ०७७ मा कारु ट्रष्ट र धादिङ पोष्टले आयोजना गरेको खुल्ला जिल्ला स्तरीय प्रतियोगितामा त्रिपुरासुन्दरी क्रिकेट टिमलाई हराउँदै धादिङ समाज धादिङ प्रथम भएको थियो भने यहि कात्तिक ११ देखि १८ सम्म नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ टोयोटा र अन्तराष्ट्रि समाज धादिङ लगायतको सहयोगमा भएको टी–२० मा गजुरी विजय बन्यो भने त्रिपुरासुन्दरी फेरी उपविजेता मै रोकियो ।

यी माथिका केहि संक्षिप्त धादिङको क्रिकेट विकासबारे कोट्याउँदै गर्दा धादिङको क्रिकेट विकासमा युवा पंती रुची प्रयाप्त देखिन्छ । धादिङमा २३ वर्षे इतिहासलाई कोट्याउँदै गर्दा यहाँ राज्यगत निकायबाट पूर्वाधार विकासमा सहयोग भएको देखिएको छैन । बेनीघाट रोराङ गाउँपालिकाले पछिल्लो समय जिल्लाको नमुना क्रिकेट रंगशाला बनाउने भनेर डीपीआर समत गर्यो तर कामले गति लिन सकेन। अन्य गाउँपालिकाले त पूर्वाधार विकासका कुनै योजना बनाएको देखिँदैन ।

विश्व सामु नेपाली क्रिकेटको चर्चा चलि रहँदा धादिङका स्थानीय सरकारहरु क्रिकेट बारे अनविज्ञ जस्तै देखिन्छन् । खेलाडीमा उत्साह छ। तर स्थानीय सरकार क्रिकेट बुझ्दैन । नेपाल क्रिकेट संघले हरेक साल खेलाडी छनोट गर्छ तर धादिङका खेलाडी अन्य जिल्लामा पुगेर छनोटको लागि खेल्नु पर्ने वाध्यता छ । धादिङमा क्रिकेट संघ गठन त भयो यसले केन्द्रको मान्यता पाउन नियमित लिग प्रतियोगिताहरु संचालन गर्नु पर्ने हुन्छ । प्रतियोगिता संचालनका लागि पूर्वाधार विकास र आर्थिक कारणले धादिङ क्रिकेट संघलाई अफ्ठ्यारो पारिरहेको क्रिकेट संघ धादिङका अध्यक्ष दिपेश कडेल बताउँछन् ।

कम्तिमा पनि जिल्लामा एक क्रिकेट रंगशाला, पालिकामा १–१ वटा खेल मैदान बनाउन सके धादिङको क्रिकेट विकासले फड्को मार्ने निश्चित छ । अब यु–१९, महिला लिग, विद्यालय स्तरीय प्रतियोगिताहरु गर्ने तयारी छौं यी प्रतियोगिता नियमित गर्नु पर्ने हुन्छ स्थानीय सरकारको सहयोग अपरिहार्य रहेको कडेल बताउँछन् । अहिले सम्म स्थानीय तहले क्रिकेट चिनेन, धादिङ क्रिकेट संघ गठन भएको छ, यसलाई स्थानीय तह, संघ संस्था, व्यक्तिहरुले पूर्ण सहयोग गरे मात्रै धादिङको क्रिकेट विकास हुनेछ । पछिल्लो समय धादिङका युवाहरुमा क्रिकेट प्रति जुन उत्साह पैदा भएको छ यसलाई जिवित राख्न सबै लाग्नु पर्ने देखिन्छ ।

जिल्ला क्रिकेट संघ धादिङले क्रिकेट अम्पायर तथा स्कोरर तालिम, विद्यालयका खेल शिक्षकलाई क्रिकेट शिक्षण सिकाई तालिम, खेलाडीका लागि प्रत्येक क्लवलाई पायक पर्ने गरि इन्डोर क्रिकेट नेट अभ्यास सेन्टर, जिल्ला स्तरीय क्रिकेट प्रशिक्षण जस्ता कार्यहरु तत्काल गर्ने जनाएको छ । पुर्वाधार विकास सँगै हुने यी क्रिकेट विकासका कार्यहरुमा स्थानीय तह, प्रवासमा रहेका धादिङवासीहरुको संस्थाहरुले आर्थिक सहयोगको लागी तयार हुने हो भने आगामी वर्षहरुमा धादिङको क्रिकेटले उचाई लिने पक्का छ । आजै देखि लागौं, सबै लागौं धादिङको क्रिकेटलाई अगाडी बढाऔं, शुभकामना ।
(लेखक सिलवाल क्रिकेट संघ धादिङका उपाध्यक्ष हुन् ।)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्