धादिङे युवा फुटबलर ए डिभिजन लिग खेल्दै

धादिङ २४ कात्तिक 
धादिङका युवा फुटबलर विपिन कँडेल शहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्। कार्तिक २९ गतेदेखि सुरुहुने  नेपालको सवैभन्दा ठुलो फुटवल प्रतियोगीता ए डिभिजन लिगमा कँडेल जावालाखेल युथ क्लवबाट खेल्न लागेका हुन्।धादिङबाट फुटबल खेल्दै आएका कँडेलले यसअघि विपिनले बी डिभिजन,सी डिभिजन र उपत्यका बाहिरका विभिन्न क्लवबाट खेलिसकेका छन् । विपिनले जावालाखेलसंग २ वर्षको सम्झौता गरेका छन् ।सोमबार भएको मछिन्द्र संगको मैत्रीपुर्ण खेलमा विपिनले उत्कृष्ट प्रदर्शन गर्नुका साथै गोल गर्न समेत सफल भएका थिए । सानैदेखी फुटबल खेल्न मन पराउने कँडेलले फुटबल खेललाई निरन्तरता दिन भन्दै आर्मीको जागिर समेत छाडेका हुन्। 

फोटोःबिपिन कँडेलको फेसबुकबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्