ससाहमा बस दुर्घटनाः थप विवरण आउन बाँकि

धादिङ २४ कात्तिक 
धादिङको कालुपाण्डे मार्ग अन्तरगत नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह कमेरे नजिकै दुई वटा बस एक आपसमा ठक्कर खादा १५ जना भन्दा बढी घाईते भएका छन्।धादिङबेसीबाट चितवन तर्फ जादै गरेको ना ५ ख ३२३५ नम्बरको बस र काठमाण्डौबाट धादिङबेसी आउदै गरेको ना ७ ख ५८२८ नम्बरको बस एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो।दुर्घटनामा परी दुवै बसमा सवार १५ जना भन्दा बढी घाईते भएका छन्।घाईतेहरुको धादिङबेसीको जिल्ला अस्पतालमा उपचार भईरहेको छ।घट्नाको विस्तृत विवरण आउन बाँकि छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्