नेकपा समाजवादी पार्टी गंगाजमुना वडा नम्बर १ र २ को वडा कमिटी गठन

धादिङ २४ कात्तिक 
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले गंगाजमुना गाउँपालिका वडा नम्बर १ र २ को वडा कमिटी गठन गरेको छ ।नेकपा एसका केन्द्रिय पोलिटब्युरो सदस्य एवंम संविधान सभा सदस्य गुरुप्रसाद बुर्लाकोटीको प्रमुख आतिथ्यमा वडा कमिटी गठन गरीएको हो ।भेलाले गंगाजमुना गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा आईतराम तामाङ,उपाध्यक्षमा उज्वोल तामाङ,सचिबमा बादल तामाङ र उप–सचिवमा कान्छा तामाङ चयन हुनुभएको छ।

वडा नम्बर १ को युवा संघ नेपालको अध्यक्षमा धन बहादुर तामाङ चयन हुनुभएको छ।यसैगरी उपाध्यक्षमा जीवन तामाङ,सचिवमा डिलमान तामाङ र उप सचिवमा सन्तमान तामाङ चयन हुनुभएको छ।यसैगरी भेलाले वडा नम्बरको २ को अध्यक्षमा विश्वास तामाङलाई चयन गरेको छ। नव गठिन वडा कमिटीको सचिवमा काली बहादुर तामाङ चयन हुनुभएको छ।

यसैगरी  युवा संघ नेपालको वडा अध्यक्षमा निरज तामाङ र सचिवमा साउल तामाङ र सचिवमा साउल तामाङ चयन हुनुभएको छ। सो अवसरमा अन्य पार्टीबाट सयौ कार्यकर्ता नेकपा एस पार्टीमा प्रवेश गरेका नेकपा ए.स. निकट युवा सघंका केन्द्रिय सदस्य एलिजर तामाङले बताउनुभयो ।
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्