एमाले महाधिवेशन प्रतिनिधि बन्न धादिङमा ९१ जनाको उम्मेदवारी(नामावली सहित)

नेकपा एमालेको महाधिवेशनका लागि धादिङ जिल्लाबाट महाधिबेशन प्रतिनीधि बन्न ९१ जनाले उम्मेदवारी दिएका छन्। एमाले धादिङले प्रतिनिधि बन्न योग्य र इच्छुक सङ्गठित सदस्यहरूलाई उम्मेदवारी दिन आव्हान गरेसँगै जिल्लाबाट २२ जना प्रतिनिधी चाहिनेमा ९१ जनाले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ ।

२ हजार ८६० जना महिला सहित १३ हजार ७ जना पार्टी सदस्य रहेको एमाले धादिङबाट खुल्ला तर्फ १४ जना, महिला ६ जना र दलित २ जना गरी २२ जना महाधिबेशन प्रतिनीधि छनोट गर्ने गरि भएको निर्वाचन प्रक्रिया अनुरुप हिजो ९१ जनाले उम्मेदवारी दिएको एमाले धादिङले जनाएको छ।

प्रक्रिया पुगेको नपुगेको हेर्ने र उम्मेदवारी फिर्ताको लागि आजको लागि मिति तय भएको र सहमतिमा प्रतिनीधि छनोट गर्न नसकिए कात्तिक २७ गते निर्वाचन गर्ने निर्वाचन कमिटीले जनाएको छ । 

नेकपा एमालेको विधानमा उल्लेख भएअनुसार विधानको धारा ६३ को उपदफा १ अनुसार योग्यता पुगेका सङ्गठित सदस्यहरूले प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गर्न पाउनेछन्।पार्टी सदस्यता भएको १० वर्ष पुगेको, महिला, जनजाति, दलित सदस्यको हकमा ७ वर्ष पुगेका व्यक्ति महाधिवेशन प्रतिनिधि हुन पाउनेछन्।

एमालेले कात्तिक २७ गते एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ। वडा, नगर÷गाउँ अधिवेशन सम्पन्न गरेको एमाले महाधिवेशन प्रतिनिधि चयनमा जुटेको छ।साढे ७ लाख संगठित सदस्य रहेको एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दै छ। प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन्। 

१ हजार २ सयसम्म पार्टी सदस्य रहेका निर्वाचन क्षेत्रबाट ३ जनाका दरले प्रतिनिधि चयन हुने छन्। तीमध्ये एक जना महिला अनिवार्य गरिएको छ। निर्वाचन क्षेत्रमा जति बढी सदस्य हुने छन्। त्यसै अनुपातमा थप प्रतिनिधि चयन हुने छन्। देशभित्रका विशेष जिल्ला अन्तर्गतका १ हजार २ सयसम्म पार्टी सदस्य मध्येबाट कम्तीमा १ महिलासहित ३ जनाका दरले प्रतिनिधि छनौट हुने छन्। जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट १ जना प्रतिनिधि  निर्वाचित हुने छन्। दलितका हकमा पनि ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा १ जना महिला अनिवार्य हुनुपर्छ।  

भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने छन्।  भारत, अमेरिका (क्यानडा समेत), युरोप, एसिया प्यासिफिक, खाडी र ओसियानमध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा २ महिलासहित ५ जनाका दरले प्रतिनिधि निर्वाचित हुने छन्। 

पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालयअन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तीमा २ महिलासहित ५ जना प्रतिनिधि चयन हुनेछ।  विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेकामध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने छन्। केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीसमेत सदस्यहरूमध्येबाट १५ प्रतिनिधि निर्वाचित हुनेछन्। 

यी हुन्,महाधिबेशन प्रतिनीधिका लागि धादिङमा उम्मेदवारी दिने ९१ जना
प्रतिनिधि क्षेत्र नं १
खुल्ला तर्फ उम्मेदवार

१. शुरेश आचार्य, धुनीबेसी ६
२. रामेश्वर कार्की, थाक्रे ६
३. देवप्रसादत्रिपाठी, बेनिघाट ३
४. दिपकखतिवडा, गजुरी ६
५. राजेश वाँनिया, धुनीबेसी ६
६. उद्दव प्रसादलुईटेल, धुनीबेसी २
७. देवराजलुइटेल, धुनीबेसी ८
८. नारायण प्रसाद खनाल, धुनीबेसी २
९. रामकुमार आचार्य, थाक्रे ९
१०. लक्ष्मणशर्मा, सिद्दलेक ७
११. नरेश खतिवडा, गल्छी १
१२. भुमित्रिपाठी, बेनिघाट ३
१३. प्रेमनाथसिलवाल, सिद्दलेक १
१४. अरुणकुमार लामा, थाक्रे ११
१५. गोकर्ण रुपाखेती, थाक्रे ११
१६. कृष्ण प्रसादपन्त, थाक्रे ७
१७. केदारनाथखतिवडा, गल्छी १
१८. इन्द्र तामाङ, धुनीबेसी ९
१९. सन्तोष राना क्षेत्री, धुनीबेसी ९
२०. राजेन्द्र विक्रम वस्नेत, गजुरी ५
२१. विक्रमजंग राना, धुनीबेसी ९
२२. सुनिल तामाङ, धुनीबेसी ७
२३. योगेन्द्र कुमार वस्नेत, गजुरी ८
२४. भुवनश्रेष्ठ, धुनीबेसी ५

महिला तर्फ उम्मेदवार

१. अप्सरा उप्रेती, धुनीबेसी ७
२. अम्बिका रुपाखेती, थाक्रे २
३. कमला शर्मा, सिद्दलेक ७
४. उमा सिंखडा, गल्छी ४
५. उर्मिला रेग्मी, थाक्रे ११
६. मन्दिरा श्रेष्ठ, धुनीबेसी २
७. कला तिमल्सीना अधिकारी, सिद्दलेक १
८. राधा तिमल्सीना, गल्छी २
९. हिरादेवी रेग्मी, बेनिघाट ५

दलित तर्फ उम्मेदवार

१. दिलवहादुर रम्तेल, गल्छी ४
२. कुमार वि.क, थाक्रे ६
३. धुव्रराजवि.क, बेनिघाट ३
४. रामचन्द्र मिजार, गजुरी ५

प्रतिनिधि सभा २
खुल्लातर्फ उम्मेदवार

१. धनवहादुर घले, गंगाजमुना ६
२. बाबुराम न्यौपाने, गंगाजमुना७
३. भक्त लामिछाने, गंगाजमुना ६
४. यज्ञश्वर शर्मा अर्याल, ज्वालामुखी ४
५. इश्वरी प्रसाद अधिकारी, नीलकण्ठ ७
६. इन्द्रवहादुर श्रेष्ठ, गंगाजमुना ७
७. रामहरी अधिकारी, त्रिपुरासुन्दरी ३
८. भरतवहादुर खत्री, त्रिपुरासुन्दरी ३
९. संजय दुवाडी, ज्वालामुखी ४
१०. ध्रुव अधिकारी, त्रिपुरासुन्दरी ७
११. सुवर्ण रिमाल, नेत्रावती ५
१२. रामप्रसाद अधिकारी, ज्वालामुखी ३
१३. उमेश थापा, त्रिपुरासुन्दरी ३
१४. हरीराम लोहनी, ज्वालामुखी ७
१५. हेम थापा तामाङ, रुवीभ्याली २
१६. नन्द प्रसादश्रेष्ठ, नीलकण्ठ ३
१७. अशोक भट्ट, ज्वालमुखी ४
१८. नेत्रप्रसाद नेपाल, नीलकण्ठ १४
१९. अर्जुन कुमार श्रेष्ठ, नीलकण्ठ ३
२०. भरत ढुगांना, नीलकण्ठ ८
२१. पदमकुमार श्रेष्ठ, त्रिपुरासुन्दरी २
२२. वलराम ढुगांना, नीलकण्ठ ५
२३. उपेन्द्र नरसिंह अधिकारी, त्रिपुरासुन्दरी ३
२४. प्रेम तामाङ, रुवीभ्याली १
२५. पुरन तामाङ, रुवीभ्याली ५
२६. मानवहादुर श्रेष्ठ, नीलकण्ठ ३
२७. रुद्रमान श्रेष्ठ, ज्वालमुखी ३
२८. पदमप्रसाद सिलवाल, ज्वालमुखी ७
२९. हरीकुमार श्रेष्ठ, ज्वालमुखी ४
३०. डा. रामकुमार अधिकारी, नीलकण्ठ १४
३१. पन्थतामाङ, खनियावास २
३२. बाबुकृष्णश्रेष्ठ, त्रिपुरासुन्दरी २
३३. गोपीप्रसादपाण्डे, त्रिपुरासुन्दरी ७
३४. श्यामतामाङ, नेत्रवाती ४
३५. हरीवहादुर थापा, ज्वालमुखी ५
३६. वलवहादुर अधिकारी, गंगाजमुना ५
३७. नारायाणकुमार शाक्य, नेत्रावती ५
३८. कृष्णवहादुर तामाङ, नेत्रावती ४
३९. मंगवहादुर तामाङ, खनियावास २
४०. राजेन्द्र प्रसाद सापकोटा, नीलकण्ठ १४
४१. कमलवहादुर थापा, त्रिपुरासुन्दरी ३

महिला तर्फ उम्मेदवार

१. शान्ता पाण्डे, त्रिपुरासुन्दरी ६
२. पार्वती राई खाँड, नीलकण्ठ ३
३. राधिका सापकोटा, नीलकण्ठ ३
४. अमला थापा मगर, त्रिपुरासुन्दरी ३
५. गंगादेवीश्रेष्ठ, नीलकण्ठ ७
६. जानुका सिंखडा, ज्वालमुखी ४
७. खिलकुमारी पोखरेल तिवारी, ज्वालमुखी २
८. गायत्री खतिवडा, नीलकण्ठ ४
९. सजिना थापा मगर, खनियावास ४
१०. विना मम्पा तामाङ, नेत्रावती ३

दलित तर्फ उम्मेदवार

१. वेगवहादुर सुनार, नीलकण्ठ २
२. सान्नानी वागदास ज्वालमुखी ६
३. शर्मिला वि.क, नीलकण्ठ ८

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्