फेरी बढ्यो इन्धनको मूल्य,ग्यास सिलिण्डरको १५७५ रुपैयाँ पुग्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । यससँगै एक सिलिण्डरका लागि अब उपभोत्ताले १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यस्तै डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यससँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको भाउ रु ३ नै बढाएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्