कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुङ्गियो

नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवादको टुङ्गो लगाएको छ।पछिल्लो समय विवाद रहेको रौतहट र रसुवाको विवाद टुङ्गो लागेसँगै ७७ वटै जिल्लाको विवाद टुङ्गिएको हो ।विवाद टुङ्गो लागेसँगै कांग्रेसले सबै जिल्लाको क्रियाशील सदस्यता नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

कांग्रेसको नयाँ कार्यतालिकाअनुसार पर्सिदेखि रोकिएका अधिवेशन प्रक्रिया सुरु गरेर आउँदो मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ ।कार्यतालिकाअनुसार कांग्रेसले पर्सि रोकिएका १४ जिल्लाको वडा तहदेखिका अधिवेशन सुरु गर्ने, मंसिर १० भित्र जिल्ला अधिवेशन गर्ने , मंसिर १६ र १७ मा प्रदेश अधिवेशन र मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेछ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्