बाघ बच्छाला विद्यालयलाई शैक्षिक लगायत बिभिन्न सामाग्री सहयोग

सुरबी फाउण्डेसनले धादिङको थाक्रे गाउँपालिका वडा नं ११ मा रहेको सरकारी विद्यालय बाघ बच्छालामा शैक्षिक लगायत बिभिन्न सामाग्री सहयोग गरेको छ।मंगलबार फाउण्डेसका अध्यक्ष कबिन शाक्य सहितको एक टोलीले विद्यालयमै पुगेर विद्यार्थीका लागि जाडोको ट्रयाकसुट, स्कुल ब्याग, स्टेशनरी लगायतमा सामाग्री वितरण गरेका हुन् ।

विद्यालयमा अध्ययन गर्ने भाइबहिनीको आर्थिक अवस्था कमजोर देखेकोले अध्ययनका लागि केही सहज होस् भनेर फाउन्डेसन मार्फत आफुले सहयोग गरेको अध्यक्ष कविन शाक्यले बताउनुभयो।भूकम्प समयका खाद्यान्न र कोरोनाको समयमा स्वास्थ्य सामाग्री देशको बिभिन्न स्थानमा बाँडेको यो फाउण्डेसनले केही अगाडि मात्र गजुरीको चेपाङ बस्तीमा समेत राहात सामाग्री वितरण गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्