आईसिसि टि–२० विश्वकपमा पाकिस्तानलाई हराउदै अष्ट्रेलिया फाईनल प्रवेश

अष्ट्रेलिया यूएईमा जारी आईसिसि टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । अष्ट्रेलियाका लागि म्याथ्यू वेड, मार्कस स्टोइनिस र डेविड वार्नरले उत्कृष्ट पारी खेले ।

वेडले १७ बलमा चार छक्का र दुई चौकासहित अविजित ४१ रन बनाए । उनले ३ बलमा लगातार ३ छक्का हान्दै ६ बल खेल्नु अगावै खेल जिताएका थिए ।स्टोइनिसले ३१ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ४० रनको योगदान दिए भने डेविड वार्नरले ४९ र मिचेल मार्शले २८ रन बनाए।

टस हारेर ब्याटिङको मौका पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवानसहित तीन ब्याटरले उत्कृष्ट पारी खेलेका थिए ।ईङ्गल्याण्डलाई पराजित गर्दै न्युजिल्याण्ड फाईनल प्रवेश गरिसकेको छ।दोस्रोपटक विश्वकपको फाइनलमा पुगेको अष्ट्रेलिया अब उपाधिका लागि आइतबार न्यूजिल्याण्ड संग भिड्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्