८ हजार २४३ को परिक्षणमा २९५ संक्रमित थपिदा ४७८ संक्रमित निको 

पछिल्लो २४ घण्टामा ८ हजार २४३ जनाको परिक्षणमा २९५ संक्रमित थपिदा ४७८ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ५ हजार २२५ जनाको पीसीआर गर्दा २६० जना र ३ हजार १८ जनाको एन्टिजेन परिक्षणमा ३५ गरी २९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार मात्रै ३९७ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ११ हजार ७४७ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९७ हजार ९२६ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार २७८ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४७० पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्