अस्वस्थ भएपछि प्रचण्ड अस्पतालमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

प्रचण्डको सचिवालयका अनुसार उनको रक्तचाप बढेपछि अस्पताल लगिएको थियो । ‘धपेडीले गर्दा रक्तचाप बढेको पाइयो । डाक्टरहरूले केही समय अस्पतालमा नै आराम गर्न सुझाव दिनुभएको छ,’ सचिवालयका एक सदस्यले जानकारी दिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्