आईतबार थपिए ३०६ संक्रमित ः ३४८ संक्रमित निको भए

धादिङ,२८ कात्तिक।
पछिल्लो २४ घण्टामा ९ हजार ६०६ जनाको परिक्षणमा ३०६ संक्रमित थपिदा ३४८ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ८ हजार ८ जनाको पीसीआर गर्दा २९१ जना र १ हजार ५९८ जनाको एन्टिजेन परिक्षणमा १५ गरी ३०६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिबार मात्रै २९५ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १२ हजार ५३ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९८ हजार २७४ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार २१५ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ६ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४७७ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्