धादिङमा सक्रिय संक्रमित ६ जना, थपिए एक संक्रमित

धादिङ,२८ कात्तिक।
धादिङका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा सक्रिय संक्रमित ६ जना पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ५९ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार १०७ रहेको छ। यसैगरी संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्। हाल संक्रमित मध्ये ६ जना नै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्