तिर्थमायाको हत्यामा संलग्न ४ जना प्रहरीद्वारा सार्वजनिक 

धादिङको धुनीवेशी नगरपालिका वडा नम्बर १ डाँडागाउँकी तीर्थमायाँ तामाङको हत्या गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले आईतबार सार्वजनिक गरेको छ।तामाङको हत्या गरि सुन लुट्ने चार अभियुक्तहरुलाई पत्रकार सम्मेलन गरी धादिङ प्रहरीले सार्वजनिक गरेको हो।गत बुधबार (कात्तिक २४ गते) बिहान जिल्लाको धुनीबेसी नगरपालिका वडा नं १ डाडागाउँ बस्ने अन्दाजी ५९ वर्षीय तीर्थमाया तामाङको हत्या भएको थियो।

तामाङको सुन र नगद पैसा लुट्नकै लागि हत्या गरिएको प्रहरी आशंका गरेको छ।घटनामा संलग्न शकास्पद व्यक्तिहरुको खोजतलास गर्ने क्रममा सोही ठाउँका २१ वर्षीय बीरबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा तामाङको आफुले ढुंगानाले हानि हत्या गरेको स्वीकार गरेका थिए।प्रहीले सुन लुकाउने तथा बिक्री बितरण गर्ने बिर बहादुर तामाङको भाई बर्ष १९ को सुवास तामाङ,बुहारी बर्ष १८ कि सितल मित्रकोटी तथा सुन खरिद गर्ने जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा वडा नं ८ गोठाटार स्थित  जे. एच ज्वेलर्स पसलको संचालक राम शरण राज सुनार लाई दसीका सामानहरु सहित पक्राउ गरेको थियो।

प्रहरीले आज पत्रकार सम्मेल गरेर घट्नामा संलग्न बिर बहादुर तामाङको भाई १९ वर्षीय सुवास तामाङ, भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ७ घर हुने १८ वर्षीय शितल मित्रकोटी,सिन्धुपाल्चोक चौतारा साँगाचोक  घर भई काठमाण्डौ गोठाटार स्थित जे एच ज्वेलर्स पसलको संचालक २८ वर्षीय राम शरण राज सुनारलाई सार्वजनिक गरेको हो।पक्राउ परेकाहरुलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को ज्यान सम्बन्धि कसुर तथा सोही संहिताको चोरी तथा डाँका सम्बन्धि कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्