धादिङबेसीमा मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रर्दशन

नेपाल विद्यार्थी संघले मुल्य बृद्धिको विरोधमा धादिङबेसीमा विरोध प्रर्दशन गरेको छ।पेट्रोलियम पदार्थ र एलपी ग्याँसमा भएको मुल्य बृद्धि फिर्ताको माग गर्दै नेविसंले आईतबार धादिङबेसीमा विरोध प्रर्दशन गरेको हो।नेपाल विद्यार्थी संघ नीलकण्ठ बहुमुखी क्याम्पस इकाई, धादिङले क्याम्पस चोक देखी पुछारबजार सम्म विरोध ¥याली निकालेको हो।

पुछारबजारमा भएको कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले तत्काल मुल्य बृद्धि फिर्ताको माग गरेका थिए।पेट्रोलियम पदार्थ,ग्यास, यातायात तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रणको माग गर्दै विरोध प्रर्दशन गरीएको हो।आयल निगमले बुधबार रातिदेखी लागुहुने गरी प्रतिलिटर ३ रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्