धादिङमा आज थपिए छ संक्रमित,संक्रिय संक्रमित १० पुग्यो

धादिङमा आज १२ जनाको एण्टीजेन परिक्षण मध्ये गल्छीका २ र ज्वालामुखीका ४ गरि ६ जनाको कोरोना पोजिटिभ देखिएको छ। योसँगै जिल्लामा सक्रिय संक्रमित १० जना पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

आईतबार एक संक्रमित थपिएका थिए।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ६५ पुगेको छ । यस्तै आज दुई संक्रमित डिस्चार्ज भएसँगै हाल निको हुनेको सङ्ख्या ८ हजार १०९ रहेको छ। संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्। हाल संक्रमित मध्ये १० जना नै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्