थप ४१६ जनामा कोरोना संक्रमण,२७० संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४०२ जनाको परिक्षणमा ४१६ संक्रमित थपिदा २७० संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ७ हजार ५५४ जनाको पीसीआर गर्दा ३६७ जना र ४ हजार ८४८ जनाको एन्टिजेन परिक्षणमा ४९ गरी ४१६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।आईतबार मात्रै ३०६ संक्रमित थपिएका थिए। 

यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १२ हजार ४६९ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ।सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३११ रहेको छ ।

सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४७८पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्