आठ हजार ६६७ जनाले लगाए कोभिसिल्ड र भेरोसिलको दोस्रो डोज

धादिङमा आजदेखी कोभिसिल्ड र भेरोसिल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार गत भदौ ७ देखि ९ गतेसम्म र भदौ २२ देखि २७ गतेसम्म कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका र यहि कात्तिक ६ र ७ गते भेरोसिल खोपको पहिलो मात्रा लगाएकाहरुलाई दुवै खोपको दोस्रो मात्राको रुपमा आजदेखी लगाउन सुरु गरिएको हो।

आज जिल्लाको ४३ वटा खोप केन्द्रबाट ३ हजार ९२४ महिला र २ हजार ८१७ पुरुष गरि ६ हजार ७४१ जनाले भेरोसिल दोस्रो डोजको खोप लगाएका छन्। त्यसैगरी १ हजार १७९ महिला र ७४७ पुरुष गरि १ हजार ९२६ जनाले कोभिसिल्डको दोस्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लामा आज र भोलीगरी १९ हजार ७ सय जनालाई कोभिडविरुद्धको एष्ट्राजेनिका, कोभिसिल्ड र भेरोसिल खोपको दास्रो मात्रा लगाइने लक्ष्य रहेको छ ।

 भदौ ७ देखि ९ र २२ देखि २७ गतेसम्म जिल्लामा विभिन्न पालिका अन्तरगत रहेको उमावि तथा १२ कक्षामा अध्ययन गर्ने विद्यार्थी तथा अन्य नागरीकलाई एस्ट्राजेनिका खोप लगाईएको थियो भने कात्तिक ७  र ८ गते १८ वर्ष माथिका नागरीकलाई भेरोसेलको पहिलो मात्रा लगाईएको थियो।स्वास्थ्य कार्यालय धादिङले जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै पूर्ववत सञ्चालन भएका कोभिड खोप केन्द्रहरुबाट दोस्रो मात्रा पाउनुपर्ने नागरिकलाई पहिले कुन खोप लिएको हो,खोप कार्ड हेरेर समय र लगाइएको खोप सुनिश्चित गरेर मात्र दोस्रो खोप दिने व्यवस्था मिलाउन अनुरोध गरेको छ।

यस्तै भेरोसेल खोपको दोस्रो मात्रा पहिलो लगाएको २१–२८दिनमा दिने र एस्ट्राजेनिकाको दोस्रो मात्रा दिँदा ८–१२ समय अवधि भएको हुनुपर्ने,खोप पश्चात हुनसक्ने अवान्छित घटनालाई व्यवस्थापन गर्न सबै टोली सँग एड्रिनालिन इन्जेक्सन साथमा हुनुपर्ने र कार्यक्रम संचालन भएको दिनको दैनिक रिर्पोट जिल्लाबाट पठाएको फारममा मात्र गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।तस्विर:राजन अधिकारी

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्