चक्कु प्रहार गरेर दाजुको हत्या,भाइ पक्राउ

इलामको सन्दकपुर गाउँपालिका–१ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन् ।सोमबार साँझ पौने ६ बजे भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो।

काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा भाइले दाजुलाई चक्कु प्रहार गरेको प्रहरीको भनाई छ। चक्कु प्रहार गरेर दाजुको हत्या गरेको आरोपमा प्रहरीले चक्रलाई प्रहरीले चक्कुसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्