हामी रहुँला,नरहुँला तर अधुरा योजना पुरा गर्ने हिसावले जान्छौँ: दुर्ग कुमार शाक्य

धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको समग्र विकास निमार्ण(खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, शुसासन लगायको विषयमा रेडियो कार्यक्रम जनतासँग प्रमुखमा गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यसँग रामकुमार थापाले गर्नुभएको कुराकानीको अस्मिता पोख्रेलद्धारा सम्पादित अंशः

१.मार्पाक–बोराङ–सापटारीमा केन्द्रिय विद्युत प्रशारण लाइन जोड्ने काम गरीरहनुभएको छ, कहिलेसम्म त्यो ठाउँमा बत्ति बल्छ? 

मार्पाकको साविकको वडा नम्बर ६, ७ र ८ मा केन्द्रिय प्रशारण लाइन हालसम्म नपुगेको हुँदा उक्त प्रशारण लाइनलाई जोड्नको निमित्त हामीले नेपाल सरकारको केन्द्रिय कार्यक्रम अन्तरगत ठेक्का परियोजनाबाट काम अगाडि बढिरहेको छ। खाल्डो खन्ने काम सकिएको छ। केही  महिना भित्र बत्ति बल्छ भन्ने आशा गरेको छु। 

२.गाउँपालिकाको अन्य क्षेत्रको विद्युतको लाइनको अवस्था कस्तो छ? 

पालिकाको अरु वडाहरुमा सबै ठाउँमा बत्ति बलिसकेको छ। वडा नं ५ को देविस्थानमा र साधिखोरीयामा २ घर छ त्यसमा पनि मैले विद्युत प्राधिकरणको इन्जिनियरलाई  बत्ति बाल्नुपर्यो भनेर निर्देशन गरेको छु। अरु सबै वडामा पुगेको छ,३ नम्बर वडाको गुम्बाहरुमा पनि पु¥याएका छौँ।

विद्युतको काम लामो पक्रिया हुने रहेछ । टेन्डरको कारणले गर्दा हामीले सोचेको जस्तो समयमा उहाँहरुको ठेक्का नहुँदो रहेछ त्यो कारणले उहाँहरुको खरिद प्रक्रियाहरुमा पनि समस्या आउने रहेछ । तर हाम्रो पालिकामा ठेक्का भएको ठेकेदारले समयमा काम नगरेको कारण ढिलासुस्ती भएको हो ।

भ¥याङभुरुङको पुलको कुरा चार वर्ष बितिसक्यो अहिलेसम्म सम्पन्न भएको छैन ठेकेदार मान्छे लिएर आएको छैन । जबसम्म नेपाल सरकारले ठेक्का सम्बन्धिको ऐन कानुनलाई परिवर्तन गर्दैन र समयमा काम नगरेको खण्डमा कारवाही गरेर ठेक्का रद्द गरेर अर्कोलाई दिन सक्ने व्यवस्था कानुनमा छैन ।अहिले सार्वजनिक खरिद ऐन कर्मचारी मैत्री छ,ठेक्का पट्टाको कानुन ठेकेदारमैत्री छ।त्यसकारण यो देशमा जुनसुकै सरकार आएपनि बिउरोक्रेसी र ठेकेदारको कारणले गर्दा देशमा भनेको समय विकास गर्न सकिदैन। 

३. खरिद ऐनमा देखिएको समस्या के हो ?

खरिद ऐनमा कर्मचारीले पाँच लाखसम्मको सिधै खरिद गर्न पाइन्छ । धेरै जसो कर्मचारीहरुको समस्या भनेको ५० लाखको छ भने टुक्रा बनाएर ५/५ लाख गरेर खरिद गर्छ । टुक्रे खरिद नै भ्रष्टचारको एउटा स्वरुप हो।

सिद्धान्त के छ भने एउटा गाउँपालिकालाई, कार्यालयलाई चाहिने, वार्षिक रुपमा चाहिने कुराहरु कति हो एकैचोटि खरिद गर भन्छ । एकै चोटि खरिद गर्दा सार्वजनिक खरिद अनुसार ३५ दिने सुचना निकाल्नु प¥यो । यो गर्दा प्रतिष्पर्धा हुन्छ । धेरै जसो स्थानिय तहहरुमा जनप्रतिनिधि र कर्मचारीहरुको बीचको द्धन्द्ध खरिदको केशमा हुन्छ । 

४. यो कार्यकाल अथवा यो वर्ष सडकको कामहरु कसरी अगाडि बढाउने योजना छ ? 

प्रत्येक वडामा एउटा बाटो ग्राभेल, स्तरोन्नती गर्ने भनेर बजेटमा राखेका थियौँ त्यसको ठेक्का पट्टाको काम भइसकेको छ । गत वर्षको समय अवधि सकिएको योजनाहरु छन् हामीले बैठक बसेर त्यसमा अब म्याद नथप्ने जसले काम गरेन त्यसको बैँक ग्यारेन्टीहरु जफत गर्ने र त्यो पैसाबाट र हामीले दिनुपर्ने भुक्तानी पैसाबाट बाँकी भएको कामलाई अगाडि बढाउने भनेर कार्यपालिकाको निर्णय गराएका छौँ।

५.यो आर्थिक वर्षमा सुरु गरेका खानेपानीको योजना सम्पन्न गरीन्छ? 

खानेपानीको पुराना स्रोतहरु थोरै थियो, प्रचुर स्रोतहरुको व्यवस्थापन गरेर त्यसलाई प्रचुर रुपमा खानेपानी खुवाउने हिसावले नयाँ स्रोतहरुको व्यवस्थापन गरेर पानीको प्रचुरत बढाउँ भन्ने सोचले ४ नम्बर वडाको हकमा धेरै गाउँहरुमा एक घर एक धाराको कुरा थियो,त्यसमा थप मुहान ल्याएर प्रयाप्त मात्रमा हुन्छ भनेर निरन्तरता दिन्छौँ ।

हामी रहुला, नरहुला तर अधुरा योजना माग गरेर पुरा गर्ने हिसावले जान्छौँ । सुरु गरेका योजनाहरुमा हामी कोसिस गर्छौ । हामीले गाउँपालिकाको केन्द्रसम्म जाने कालोपत्रेको बाटोहरुको लागि ३ करोड छुट्टाएको हो । विशेष  अनुदान मार्फत अधुरो योजनाहरुलाई पुरा गर्नको लागि डिपिआर सबै छ त्यो अनुसार पठाउँछौँ ।

हामीले गरेको कामहरु अधुरा कामहरु पुरा गर्नका निमित्त उद्धेश्यका साथ नागरीकलाई पानी खुवाउने भन्ने हाम्रो उद्घोष थियो त्यो अनुसार बजेटिङ व्यवस्थापन गरेका थियौँ । ठेकेदारले समयमा काम नगर्देको कारणले त्यो कामहरु हामीले पुरा गर्न सकेनौँ । नियत खराब भएको कारणले योजना अधुरो रहेको होइन  हाम्रो नियत सफा हुँदा हुँदै पनि प्राविधिक, ठेक्का पट्टाको कारणले गर्दा त्यो काम नभएको हो म माफी माग्न चाहन्छु ।

नागरीकहरुलाई पानी खुवाउनको लागि ४ नम्बर वडामा साढे २ करोडकोे, ५ नम्बर वडामा ८० लाखको बजेट थियो, ठेकेदारहरुको लापर्वाहीको कारणले समयमा काम नभएको कारणले सम्पन्न नभएको हो । मैले धेरै ठाउँका नागरीकहरुलाई भनेको छु तपाईहरुका भोट माग्न आउँदा मैले टिकट लिएर आए भने एक रपोया पैसा तपाईहरुलाई खर्च गर्दिन तपाईहरुको बाँकी भएको काम के के गर्नपर्छ म ५ वर्ष भित्र फेरी पुरा गर्ने प्रतिबद्धता गर्छु ।  

६.अब जनताले पहिचान गर्न प¥यो को सक्षम छ, को इमानदार छ, कसले कस्तो काम गरीरहेको छ हेरेनन् भने जनताले फेरी अर्को पाँच वर्ष दुख पाउने हो ? 

२०४२ वा २०४३ सालमा पन्चायतको निर्वाचन भएको थियो, त्यस बेला देखि मैले विकासलाई हेरिरहेको छु। २०४३ साल देखि ०७३ सालमा नभएको विकास यो चार वर्षमा भएको छ। ३० वर्षसम्म नभएको कुराहरु ४ वर्षमा भएको छ।  जनताको अपेक्षा अझै बढि छ तर हामीसँग सिमित स्रोत साधनले गरेको कुराहरु नेत्रावती डबजोङको हरेक विद्यालयहरुको भवन, अस्पतालहरुको भवन पक्की छ । हामीले अस्पताल संचालन गर्नको लागि डक्टर, नर्सहरु, एचएहरुको विज्ञापन गरीसकेका छौँ।

यो महिनाको अन्तिममा परिक्षा लिएर अर्को महिनाबाट अस्पताल संचालन गर्छौँ । विगतमा धादिङबेसी सम्म उपचार गर्नलाई आउन पथ्र्यो अहिले हामी गाउँपालिकाको अध्यक्ष भइरहँदा नेपाल सरकारले जम्मा २ लाख औषधि खरिदको लागि पठाएको थियो । त्यतिखेर हामीसँग ५ वटा स्वास्थ्य चौकीहरु थिए अहिले ७ वटा छ । एउटा नागरीक आरोग्य केन्द्र आयुर्वेद केन्द्र छ अस्पताल पनि चल्दै छ यो २/४ वर्षमा भएको प्रगति हो।

धादिङबेशी-साङकोस तिप्लिङ सडकको कालोपत्रेको ठेक्का भइसकेको छ,  टोड्केबाट हाम्रो गाउँपालिकाको केन्द्रसम्म जाने ठेक्का सम्झौता भएको छ । यो हामीले गरेको हो नि ? धेरै वर्षसम्म रोकिएको मध्य पहाडी लोकमार्गको ठेक्का भइसकेको छ । त्यहाँ १७ वटा फर्म परेको छ १७ मध्ये एउटा फर्म कालो सुचिमा परेको कारणले त्यसको अनुमति दिनको लागि त्यो पत्र भौतिक पुर्वाधार विकास मन्त्रालयमा पेश भएको छ । मेरै पालामा त्यो काम पुरा नहोला तर त्यसको थालनी र सुरुवात त गरेको हो नि । मुल्याङ्कन गर्ने कि नगर्ने जनताको कुरा रह्यो तर हामीले हेर्ने हो भने विगतमा नभएका कुराहरु यो चार वर्षमा भएको छ। 

७. कृषिमा बाँझो जग्गा नराख्ने, कोभिड या विभिन्न कारणले वैदेशिक रोजगारबाट फर्किएका युवा लक्षित अनुदान कार्यक्रम ल्याउनु भएको छ,यो वर्षबाट सुरु गर्न सकिन्छ ? 

यो वर्षको कार्यक्रम रहेको छ । बाँझो जग्गाहरुलाई जसले जोत्छन् खेति गर्छन भनेर पाँच लाख राखेका छौँ । गत वर्ष कृषि ज्ञान केन्द्रले दिएको अनुसार दिने हो भने २ सय ५० रोपनीलाई पुग्छ । एक रोपनी बराबर २ हजार दिएको हो । २५० रोपनि जग्गा यो वर्ष युवाहरुले चाहे भने बाँझो जग्गा फोरेर खेति गर्न सक्छ त्यो कार्यक्रम हामीले राखेका छौँ ।

हामिले पशु, बाख्रा पकेट, तरकारी पकेट, माछाहरु, टनेल खेतिको सुरुवात गरेका छौँ । सुतेको किसानलाई उठाउने काम, सिँचाइका कामहरु पनि गरेका छौँ । तर पनि हामी निर्वाचित हुँदा २०७२ सालको भूकम्पको समस्याहरु थियो, अनुदान नपाएको, त्रिपाल मुनि बसेको अवस्था थियो । लगभग घरका काम सकेका छौँ ।

एक दुई वटा घरहरुको अनुदान लिन बाँकी त्यो पनि कर्मचारीहरुको समस्याले भुकम्पको प्राविधिकहरुको कारणले छुटेका छन् । कोभिडको पनि समस्या थियो त्यस बेला नगरेको होइन हाम्रो सामार्थ अनुसार गरेको हो । सुनौली भैरहवा कृष्ण नगर सम्म म आफै पुगेर मान्छे लेराए,इन्डियाबाट आउने साथीहरुलाई धादिङबेसी मलेखुबाट मान्छेलाई गाउँमा लगेर क्वारेन्टाइनमा रााखेको हो । हामीले हाम्रो हैसियत अनुसार गरेको हो । स्थानिय सरकार थिएन भने देशमा ठूलो समस्या ल्याउथ्यो । 

८.तपाईले गरेका कामहरु अब जनता माझ लाने बेला हो नि ? 

जनताका बिचमा हामीले भन्ने गर्छौ हाम्रो प्रचार कम भएको छ । पाँच वर्षमा हामीले धेरै कामहरु गरेका छौँ । म आएपछि ७ वटा झोलुङ्गे पुल बनाए ५ वटा बनिसकेको छ २ वटा बन्दै छ । मानिसले के ग¥यो भन्छन् टिपोट गरौँ न हिजो के थियो आज के छ भनेर, आज हामीले विद्यालयलाई सुचनामैत्री, प्रविधिमैत्री बनाउन पर्छ भनेर स्मार्ट टिभि, हरेक माध्यमिक विद्यालयमा साइन्स ल्याव, कम्प्युटरको व्यवस्था छ। शिक्षामा भएको प्रगतिलाई हेर्नुहोस् स्वास्थ्य कोही व्यक्ति मेडिकल जानुपर्दैन कोही व्यक्ति भुलेर पैसा भएर जाने हो ।

मेडिकलमा प्राप्त हुने सबै खालका औषधिहरु दिने गरेका छौँ । हामी गाउँपालिकाको अध्यक्ष भइररहँदा जम्मा दुई लाख आएको थियो । त्यो सबै नपुग्ने औषधिको व्यवस्थापन त हाम्रो गाउँपालिकाले हामीले गरेको हो । कुनै ठाउँमा बिरामी औषधि नपाएर फर्किन नपरोस् भनेर निर्णय गरेर औषधि खरिद ग¥यौँ । त्यपछि २०/२०, १५/१५ लाख औषधिलाई छुट्याउने ग¥र्यौँ । हामीले साविकको ३ वटै गाविसमा १÷१ वटा भेटेरिनरीको कर्मचारी राखेर काम चलायौँ ।

अहिले २ जना स्थायी कर्मचारी आईसकेको छ । हामीले नगरेको होइन सबै कुराको व्यवस्थापन भएको छ गाउँपालिकाको भवन बन्दै छ ठेकेदारले समयमा काम नगर्दिएको कारण समस्या भएको हो । नागरीकहरुको अपेक्षा बढि हो, हामीले उहाँहरलाई दिन नचाहेको होइन। हामीले नागरीकलाई सेवा सुविधा दिनुपर्छ । हामीले जुनसुकै खालको विकास गरेपनि नागरीकको हितमा काम भएन भने उहाहरुको जिवन स्तर माथि उक्सेन भने हामीले गरेको विकासले छुदैन ।

बाटो बनाउँदैमा, अस्पताल भवन बनाउँदैमा हुँदैन उनीहरुको जीवन स्तरमा परिवर्तन गर्नुपर्छ । मान्छेलाई आत्मनिर्भर बनाउनपर्छ भनेर गाउँपालिकाले जाम बनाउने,ह्यान्डिक््रयाफटकोे, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको, ग्रामीण कृषि स्वास्थ्य कार्यकर्ताको, कम्प्युटर हार्डवएरको, सिलाइ कटाइ, माउरी पालन, बाख्रा, कुखुरा पालन तालिम दियौँ ।

हामीले कसरी हुन्छ उहाँहरुलाई सिप सिकाउने भनेर गर्यो । शिक्षाको हकमा लगभग ९३ लाख रुपैँया शिक्षकको तलब भत्ता खुवाउँछौँ । १२ कक्षा सम्मका विद्यार्थीलाई खाजा खुवाउनुस भनेर गर्दिएका छौँ । हामीले गर्ने कुराहरु नगरेको होइन जनताहरुलाई थाहा नभएको हो।सरकारले इसिडिको कर्मचारीहरुलाई १५ हजार तलब पु¥याउने भने धेरैले गरेन्न तर हाम्रो गाउँपालिकाले दिएको छ ।

 ९. विकास कसरी गर्ने रहेछ,के–के भएको रहेछ भनेर हेर्नको लागि समेजोङ आउनै पर्छ ? 

हामीले ऐतिहासिक कुराहरुको पनि संरक्षण गरेका छौँ । डबजोङ दरबारको संरक्षणको लागि बजेट हालेर त्यस्को वाल लगाएर संरक्षण गरेका छौँ । ऐतिहासिक हेरा तालहरुको संरक्षण गरेका छौँ ।

वाकामा हामीले जुन कुराहरु भन्यौ तर हाम्रो बजेटले धान्न नसक्ने भएर झन्डै २६ करोड बराबरको डिपिआर गर्यौ पटक–पटक पर्यटन तथा संस्कृति मन्त्रालय, पर्यटन बोर्डमा पनि हाल्यौ तर केन्द्रको सरकारहरुको त्यहाँ ध्यान गएन हामलिे भन्दा पनि भएन । तर पनि हामीले पिक्निक स्पोर्ट बनाएर खानेपानीको व्यवस्था गरेका छौँ ।

हामीले सबै क्षेत्रलाई सँगसँगै लानको लागि धार्मिक तिर्थ स्थलहरु पनि बनाएका छौँ । जुन समय जति हाम्रो स्रोत साधन हो त्यसको तुलनामा हामीले व्यापक काम गरेका छौँ । 

१०. अन्त्यमा, गाउँपालिकावासी लगायत सम्पुर्णमा के भन्न चाहनुहुन्छ ? 

अन्त्यमा विकास भन्ने कुराहरु निरन्तर हुने कुरा तर विकास बजेट आएर मात्र विकास हुँदैन। बजेटमा कार्यन्वयन गर्नसक्ने,जनप्रतिनिधिको निगरानी, त्यसलाई सहि ढङ्गले कार्यन्वयन गराउन सक्यो भने मात्र विकास हुन्छ। गाउँपालिकामा विकास हिजो के थियो ? आज के भइरहेको छ ? बजेट कति थियो ? छिमेकी गाउँपालिकामा कति बजेट आउँछ हाम्रो गाउँपालिकामा कति बजेट आउँछ र बजेट अनुसार काम कति ग¥यो ? त्यसलाई तुलना गर्नुप¥यो ।

अधुरा विकासहरुलाई हाम्रो पालामा हामी हुँदा पुरा नभए पनि त्यो पुरा गर्ने कुराहरुमा राखेर जान्छौँ । केन्द्रिय सरकारसँग मंसिर महिना भित्रमा हामी विषेश अनुदान देखि विभिन्न अनुदानका कुराहरु माग गरेर सुरुवात गरेर जान्छौँ ।जुन जुन ठाउँमा काम हुन बाँकी छ त्यसको काम हुने ग्यारेन्टी गरेर जान्छौँ, कार्यन्वयन गर्ने बेलामा अरु कोही आउँला त्यो फरक कुरा हो हाम्रो व्यक्तिगत आचरण सुधारौँ, चेतनाको विकास गरौँ गलत सोचहरुलाई परित्याग गरेर सहिबाटोमा अगाडि बढैँ भनेर आम नागरीकहरुलाई भन्न चाहन्छु।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्