९ हजार १४९ को परिक्षणमा ३७७ संक्रमित थपिदा १७० संक्रमित निको

धादिङ,३० कात्तिक।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार १४९ जनाको परिक्षणमा ३७७ संक्रमित थपिदा १७० संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ६ हजार ५०५ जनाको पीसीआर गर्दा ३३९ जना र २ हजार ६४४ जनाको एन्टिजेन परिक्षणमा ३८ गरी ३७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोमबार मात्रै ४१६ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १२ हजार ८४६ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ।सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ४७६ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ४ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४८२ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्