समाजसेवी तथा युवानेता तामाङद्धारा धादिङको क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेस धादिङको क्षेत्र नं.२ प्रदेश (ख) सभापतिमा समाजसेवी तथा युवा नेता अशोक कुमार तामाङले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखी नेपाली काङ्ग्रेसमा आवद्ध भै विभिन्न सामाजिक कार्यमा सङ्लग्न रहदै पार्टीलाई जिताउन तथा सङ्गगठन बनाउने क्रममा विभिन्न आरोपमा जेल जिवन समेत बिताएका तामाङले काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत जिल्लाको क्षेत्र नं.२ प्रदेश (ख) सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो। उहाँले अग्रजलाइ सम्मान र सानोलाइ माया गरेर अझै पार्टीको संगठन मजबुत बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।

आसन्न स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचनमा प्रदेशका सम्पुर्ण जनतालाइ नेपाली काङ्ग्रेसको रुख चिन्हमा मत हाल्न र सम्पुर्ण कार्यकर्ताहरुलाई पार्टीप्रती बफादार भई कार्य गराउने र पार्टीको साधारण सदस्य बढी भन्दा बढी वितरण गर्ने बताउनुभएको छ।साथै उत्तरी धादिङको सबै जातजाती र समुदायलाई समेटेर बलियो संगठन निर्माण गर्ने प्रतिबद्धताका साथ प्रदेश सभाको सभापती पदमा उम्मेदवारघोषणा गरिएको जनाउनुभएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्