फेरी उकालो लाग्दै संक्रमित,४१२ संक्रमित थपिदा २०२ संक्रमित निको 

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ९९३ जनाको परिक्षणमा ४१२ संक्रमित थपिदा २०२ संक्रमित निको भएका छन्।

देशभरका प्रयोगशालाबाट १० हजार १०६ जनाको पीसीआर गर्दा ३६३ जना र १८ सय ६७ जनाको एन्टिजेन परिक्षणमा ४९ गरी ४१२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवत्ता डा.कृष्ण पौडेलले जानकारी दिनुभयो।मंगलबार मात्रै ३७७ संक्रमित थपिएका थिए। 
यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १३ हजार २५८ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९८ हजार ९१६ पुगेको छ।सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ६३६ रहेको छ ।

सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४८३ पुगेको प्रवत्ता डा.पौडेलले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्